कीवर्डहरू -

गूगलको एआई मोड इन सर्चमा पीडीएफ एनालिसिस, क्यानभास टूल र सर्च लाइभ भिडियो इनपुट सुविधा आउँदै

गूगलको एआई मोड इन सर्चमा पीडीएफ एनालिसिस, क्यानभास टूल र सर्च लाइभ भिडियो इनपुट सुविधा आउँदै

गूगलले आफ्नो एआई मोड इन सर्चमा धेरै नयाँ अपडेटहरू घोषणा गरेको छ । गूगलले प्रयोगकर्ताका लागि पीडीएफ डकुमेन्टहरू स्क्यान गरी प्रश्नहरूको जवाफ दिने, प्रोजेक्ट प्लानिङका लागि क्यानभास टूल प्रयोग गर्न र सर्च लाइभ मार्फत भिडियो इनपुटसँग इन्टर्याक्ट गर्ने जस्ता सुविधाहरू ल्याउने भएको हो । 

सुरूमा यी फिचर अमेरिका र भारतमा सीमित प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ । अब प्रयोगकर्ता आफ्नो एन्ड्रोइड, आइफोन र डेस्कटप ब्राउजरमा पीडीएफ फाइलहरू अपलोड गरेर, जस्तै लेक्चर स्लाइड्स वा रिपोर्टहरू, र तिनसँग सम्बन्धित प्रश्नहरू सोध्न सक्नेछन्।

एआई मोडले त्यो फाइललाई स्क्यान गरी वेबबाट उपयोगी जानकारी तान्नेछ र विश्वसनीय लिङ्कहरूको माध्यमबाट युजरलाई सम्बन्धित टोपिकमा थप रिसर्च गर्ने विकल्प दिनेछ। यो सुविधा गुगल ड्राइभ जस्ता अन्य फाइल प्रकारलाई पनि सपोर्ट गर्नेछ। यो फीचर हाल १८ वर्षभन्दा माथिका अंग्रेजी भाषी युजर्सका लागि उपलब्ध हुनेछ।

एआई मोडमा गुगलको नयाँ क्यानभास फीचरले डायनामिक साइड प्यानलको रूपमा काम गर्दै, युजरको योजना चरणबद्ध रूपमा तयार गर्न र समयसापेक्ष अपडेट गर्न सहयोग गर्नेछ। युजर्सले कुनै पनि प्रोजेक्टको सुरुवात एआई मोडमा सोधेर गर्नसक्छन् र “क्रिएट क्यानभास” अप्सन रोज्न सक्नेछन्।

यो फीचर विशेषगरी स्टडी शेड्यूल, ट्राभल प्लानिङ वा अन्य ठूला प्रोजेक्टहरूको आयोजना गर्न उपयोगी हुनेछ। भविष्यमै यसमा युजर्सले आफ्ना कक्षा नोट्स वा सिलेबस जस्ता डकुमेन्टहरू अपलोड गरी अझ व्यक्तिगत योजना बनाउन पनि सक्नेछन्। यो सुविधा हाल अमेरिका भित्र एआई मोड ल्याब्सका युजर्सका लागि मात्र उपलब्ध हुनेछ र  हाल अंग्रेजीमा मात्र सपोर्ट गर्नेछ ।