कीवर्डहरू -

प्रयोगकर्तालाई स्क्यामर्सको नम्बर दिँदैछ गूगलको एआई ओभरभ्यु

प्रयोगकर्तालाई स्क्यामर्सको नम्बर दिँदैछ गूगलको एआई ओभरभ्यु

गूगलको एआई ओभरभ्युले प्रयोगकर्तालाई स्क्यामर्सको नम्बर दिँन थालेको छ । सुरूवाती दिनहरूमा रूचाइएको ओभरभ्यू सुविधा अहिले एक गम्भीर जोखिम बन्न पुगेको छ।

हालै 'डिजिटल ट्रेन्ड्स' को रिपोर्टले प्रयोगकर्तालाई कम्पनीहरूको असली कस्टमर सर्भिस नम्बरको सट्टा स्क्यामर्सका नम्बर दिइरहेको जानकारी बाहिर ल्याएको छ ।

यो नयाँ समस्याले धेरै प्रयोगकर्तालाई चकित पारेको छ। व्यवसायी एलेक्स रिभलिनले फेसबुकमा आफ्नो अनुभव सेयर गर्दै रोयल क्यारिबियनको कस्टमर सर्भिस नम्बर खोज्दा गूगलको एआई ओभरभ्युले उनीलाई एक ठगी नम्बर दिएको  बताएका छन् । 

त्यसमा कल गर्दा उनी स्क्यामर्सको जालमा फस्न थाले ।  प्रायः लिङ्कमा क्लिक गर्न वा फोनमा निजी जानकारी शेयर गर्नबाट जोगिने उनी यस पटक भने स्क्यारको जालमा परे । 

यद्यपि उनी अन्तिम क्षणमा स्क्यामबाट जोगिन सफल भएका थिए । तर त्यो भन्दा पहिले उनीले आफ्नो क्रेडिट कार्डको जानकारी दिईसकेका थिए ।

यो एउटै घटना मात्र होइन। केही महिनाअघि रेडिटमा प्रयोगकर्ता 'Stimy3901' ले साउथवेस्ट एयरलाइन्समा गलत नाम ठीक गर्ने तरिका खोज्दा एआई ओभरभ्युले उनलाई एक फर्जी नम्बर दिएको बताएका थिए ।

त्यो नम्बरमा कल गर्दा स्क्यामर्सले नाम बदल्नका लागि सयौं डलर मागेका थिए । अर्का रेडिट प्रयोगकर्ता 'ScotiaMinotia' ले पनि उस्तै अनुभव बताएका छन्, जहाँ ब्रिटिश एयरलाइन्सको नम्बर खोज्दा उनलाई गलत नम्बर दिइएको थियो । 

यी घटनाले देखाउँछ गूगलको एआई ओभरभ्यु, जसलाई जानकारी सजिलो बनाउने उद्देश्यले ल्याइएको थियो, अहिले खतरनाक टुल बन्नेको प्रमाणित हुँदैछ। यसले प्रयोगकर्तालाई सिधै स्क्यामर्सको नजिक पुर्याइरहेको छ। एआईले दिएका परिणामहरूमा अहिलेसम्म आँखा चिम्लेर भरोसा गर्न नहुने यस घटनाले पनि स्पष्ट पारेको छ ।

इन्टरनेटमा धेरै नामी कम्पनीहरूको नक्कली कस्टमर केयर पेज बनाइएका छन्, जस कारण मानिसहरू अनजानीमा शिकार बन्छन् । तपाईंले सधैं कम्पनीको अफिसियल वेबसाइट  वा युजर म्यानुअलमा दिइएको कस्टमर केयर नम्बर वा सर्भिस नम्बरबाट मात्र मदद लिनु पर्छ ।

कस्टमर केयर एजेन्टलाई कहिल्यै आफ्नो अकाउन्ट नम्बर, क्रेडिट-डेबिट कार्ड नम्बर, पिन वा पासवर्ड जस्ता व्यक्तिगत जानकारी शेयर गर्नु हुँदैन् ।