स्मार्टफोनको डिस्प्लेलाई स्क्र्याच र फुट्नबाट जोगाउन हामीमध्ये धेरैजसोले स्क्रिन प्रोटेक्टर लगाउने गर्छौ ं। तर, स्मार्टफोन कम्पनीहरूका अनुसार टेक्नोलोजी यति धेरै अगाडि बढिसकेको छ कि अब डिस्प्लेमाथि स्क्रिन प्रोटेक्टर लगाउनु लगभग अनावश्यक जस्तै भइसकेको छ ।
यदि तपाईं पनि आफ्नो नयाँ स्मार्टफोनको डिस्प्लेलाई सुरक्षित राख्न स्क्रिन गार्ड लगाउने सोचमा हुनुहुन्छ भने यो लेख तपाईंका लागि हो । यहाँ हामी तपाईंलाई बताउँछौं कि आज किन स्क्रिन प्रोटेक्टरको आवश्यकता पहिले जस्तो छैन् ।
आजकल मिड–रेञ्जदेखि प्रिमियम स्मार्टफोनहरूमा कम्पनीहरूले गोरिल्ला ग्लास वा सेरामिक सिल्ड जस्ता मजबूत र सुरक्षित ग्लास टेक्नोलोजी दिइरहेका छन् । यस्ता ग्लासहरू दैनिक स्क्र्याच वा हल्का ठक्करमा सजिलै फुट्दैनन् ।
आजभोलि स्मार्टफोनहरूमा टफ र हाई–स्ट्रेन्थ ग्लासको प्रयोग भइरहेको छ, जसले गर्दा स्क्रिन प्रोटेक्टरको आवश्यकता धेरै हदसम्म घटेको छ ।
पहिला फोन भुँईमा झर्दा तुरुन्तै डिस्प्ले फुट्ने सम्भावना धेरै हुन्थ्यो । त्यसैले मानिसहरू स्क्रिन प्रोटेक्टर प्रयोग गरेर डिस्प्लेलाई जोगाउने प्रयास गर्थे। तर अहिले स्मार्टफोनहरूको बिल्ड क्वालिटीमा धेरै सुधार आएको छ । राम्रो ड्रप प्रोटेक्शनका कारण डिस्प्ले पहिलेभन्दा धेरै बलियो भएका छन्, जसले गर्दा झर्दा त्यति धेरै असर हुँदैन र डिस्प्ले सुरक्षित रहन्छ ।
यदि तपाईं फोन झर्ने सम्भावनाबाट जोगाउन सुरक्षाको उपाय खोज्दै हुनुहुन्छ भने हाम्रो सुझाव रहनेछ कि तपाईं रग्ड केस वा बम्पर प्रोटेक्शन कभर प्रयोग गर्नुहोस् । यो तपाईंका लागि राम्रो विकल्प हुन सक्छ ।
स्क्रिन प्रोटेक्टर जब नयाँ हुन्छ, त्यसबेला डिस्प्लेको क्ल्यारिटीमा खासै असर पर्दैन् । तर केही समय प्रयोग गरेपछि त्यसमा स्क्र्याचहरू पर्न थाल्छन्, जसले डिस्प्लेको स्पष्टतामा असर पु¥याउँछ ।
स्मार्टफोन कम्पनीहरू भन्छन् कि आधुनिक डिस्प्ले यति ड्युरेबल (टिकाउ) भएका छन् कि दैनिक प्रयोगका क्रममा सजिलै स्क्र्याचहरू आउँदैन् । यस्तो अवस्थामा फोनको डिस्प्ले क्वालिटीमा खासै असर पर्दैन् ।