सरकारले किसानहरुलाई सहयोग गर्न कृषि मोबाइल एप ल्याउने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले किसानहरुलाई सहयोग गर्न र आधुनिक कृषिको बिस्तारका लागि मोबाइल एप तथा एसएमएस सेवा ल्याउने बनाएका छन् ।
यसैगरी भूमी सुधारलाई डिजिटाइज गर्ने र भूमी नाप/जाँचको कार्य लाइडार प्रविधिबाट गरिने पनि उनले घोषणा गरे ।