उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई चौथो पुस्ताको औद्योगिक विकास सम्बन्धि तालिम दिने भएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा तालिम सञ्चालन गर्ने चरणमा रहेको उल्लेख गरेको छ ।
चौथो पुस्ताको औद्योगिक विकास अवधारणका असल अभ्यासलाई आन्तरिकीकरण गर्न विश्वविद्यालयका इन्जिनियरिङ संकायका विद्यार्थीलाई Training on Industry 4.0 Technology: 3D Printing with Internet of Things सम्बन्धि तालिम सञ्चालन गर्ने चरणमा रहेको बताइएको छ ।