कीवर्डहरू -

सरकारी कर्मचारीले कार्यालय समयमा शेयर कारोबारका लागि टीएमएस चलाउन नपाउने

सरकारी कर्मचारीले कार्यालय समयमा शेयर कारोबारका लागि टीएमएस चलाउन नपाउने

कार्यालय समयमा सरकारी कर्मचारीले शेयर कारोबार गर्नका लागि ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) चलाउन नपाउने भएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस)  प्रतिबन्ध लगाएको बताएका छन् ।

सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी कार्यालयमा टीएमएस)  प्रतिबन्ध लगाएको जानकारी दिएका हुन् । 

उनले सेवाग्राहीको काम प्रभावित भएकाले सरकारी कार्यालयमा सरकारी काम मात्र गर्न सबै कर्मचारीलाई अनुरोध समेत गरेका छन् ।