कीवर्डहरू -

सरकारले अनलाइनबाटै तालिम, गोष्ठी सञ्चालन गर्ने, महंगा इलेक्ट्रोनिक्स सामान खरिदमा रोक

सरकारले अनलाइनबाटै तालिम, गोष्ठी सञ्चालन गर्ने, महंगा इलेक्ट्रोनिक्स सामान खरिदमा रोक

सरकारले अब सम्भव भएसम्म अनलाइनबाटै तालिम, गोष्ठी सञ्चालन गर्ने भएको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले खर्च घटाउन यस्तो निर्णय गरेको हो ।

अर्थमन्त्रालयका अनुसार अत्यावश्यक बाहेकका तालिम, गोष्ठी तथा समेनिचार सञ्चालन नगर्ने, सञ्चालन गर्ने पर्ने अवस्थामा सरकारी हलहरू वा सम्भव भएसम्म अनलाइन तालिम गोष्ठी सञ्चालन गर्नुपर्नेछ । 

 यस्तै संघ, प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरूमा सवारी साधन, मोबाइल फोन, फर्निचर, ल्यापटप, डेक्स्टप कम्प्युटर, मोटरसाइकल जस्ता सामान उपयोगमा पूराना सामान प्रयोग गर्ने निर्णय गरिएको छ ।

साथै महंगा इलेक्ट्रोनिक्स सामान खरिदमा पनि रोक लगाउने निर्णय गरिएको छ ।