सरकारले नेपाल टेलिकमको ३० प्रतिशत शेयर आम नागरिकलाई दिने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
नेपाल सरकारको बहुमत शेयर कायम रहने गरी नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत शेयर आम नागरिकमा बिनेमेस गरिने जानकारी दिए ।
साथै संस्थाको सबलिकरणका लागि रणनीतिक साझेदारीको नीति अपनाउने पनि उनले बताए ।