सरकारले अब त्रैमासिक रूपमा सुरक्षा एडभाइजरी जारी गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साइबर सुरक्षा जोखिम आकलन गरी त्रैमासिक रूपमा सुरक्षा एडभाइजरी जारी गरिने बताएका हुन् ।
साथै साइबर सुरक्षा जोखिम न्युनिकरण गर्न आवश्यक पूर्वाधार र जनशक्ति तयार गरिने उनले बताए ।