कीवर्डहरू -

एकीकृत डाटा व्यवस्थापन केन्द्रको अटोमेटिक ट्रान्सफर स्वीचमा समस्या आउँदा सरकारी वेबसाइटहरू डाउन

एकीकृत डाटा व्यवस्थापन केन्द्रको अटोमेटिक ट्रान्सफर स्वीचमा समस्या आउँदा सरकारी वेबसाइटहरू डाउन

एकीकृत डाटा व्यवस्थापन केन्द्रमा आकस्मिक रूपमा लो भोल्टेज प्यानलको अटोमेटिक ट्रान्सफर स्वीचमा समस्या आउँदा सरकारी वेबसाइटहरू डाउन भएका छन् । 

समस्याको समाधानका लागि एकीकृत डाटा व्यवस्थापन केन्द्रले काम अगाडि बढाएको छ । केन्द्रमा समस्या आउँदा विभिन्न सरकारी सेवाहरू प्रभावित भएका छन् । 

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले समस्या समाधानका लागि एकीकृत डाटा व्यवस्थापन केन्द्र लागि परेको र क्रमशः वेबसाइट खुल्दै जाने जानकारी दिए ।