कीवर्डहरू -

सरकारी वेबसाइहरूलाई एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमा स्थानान्तरण गर्न आग्रह, नगरे बन्द हुने

सरकारी वेबसाइहरूलाई एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमा स्थानान्तरण गर्न आग्रह, नगरे बन्द हुने

सूचना प्रविधि विभागले सबै सरकारी निकायहरुलाई यथाशिघ्र आफ्नो वेबसाइट एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमा स्थानान्तरण गर्न अनुरोध गरेको छ । 

यसअघि एकीकृत डाटा व्यवस्थापन कार्यालयबाट सञ्चालित सी प्यानलमा रहेका सबै वेबसाइटहरू यही असारभित्र विभागको सिस्टममा सार्नु पर्नेछ । यदी वेबसाइट विभागको सिस्टममा स्थानान्तरण बन्द हुनेछन् । 

गत कात्तिकमा बसेको सचिवस्तरीय बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय भएको र एकीकृत डाटा व्यवस्थापन कार्यालयबाट सञ्चालित सी प्यानलमा रहेका सबै वेबसाइटहरू २०८२ असार मसान्त पश्चात बन्द हुने निर्णय गरेको थियो । 

त्यसैले सबै सरकारी निकायहरुलाई यथाशिघ्र आफ्नो वेबसाइट एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमा स्थानान्तरण गर्न विभागले अनुरोध गरेको छ । थप जानकारी तथा प्राविधिक सहयोगको लागि सूचना प्रविधि विभागमा सम्पर्क गर्न सकिने छ ।