कीवर्डहरू -

ब्याचलर अध्ययन गरेका विद्यार्थीलाई सरकारले इन्टर्नसीप दिने, ढाँचा बनाउन कार्यदल गठन

ब्याचलर अध्ययन गरेका विद्यार्थीलाई सरकारले इन्टर्नसीप दिने, ढाँचा बनाउन कार्यदल गठन

सरकारले आईटीसहित अन्य विषयहरू अध्ययन गरेका ब्याचलरका विद्यार्थीलाई इन्टर्नसीपको अवसर दिने भएको छ । यसका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ ।

 सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले विभिन्न विषयहरु अध्ययन गरेका विश्वविद्यालयका स्नातकहरुलाई सार्वजनिक सेवामा इन्टर्नसिप गराउन स्तरीकृत ढाँचा (Standard Format) निर्माण गर्न कार्यदल गरेको छ । 

१० दिनको समयावधी दिइएको कार्यदलको संयोजकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विकास व्यवस्थापन क्षेत्र हेर्ने सचिव रहेका छन् । 

यस्तै सदस्यमा राष्ट्रिय योजना आयोगका सचिव, शिक्षा, विज्ञान तथा प्रविध मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रहेका छन् । कार्यदलको सदस्य सचिवको रूपमा सूचना प्रविधि विभागका महानिर्देशक रहेका छन् ।