कीवर्डहरू -

एनसेललाई लाइसेन्स नवीकरणको शुल्क ४ किस्तामा बुझाउन दिने सरकारको निर्णय

एनसेललाई लाइसेन्स नवीकरणको शुल्क ४ किस्तामा बुझाउन दिने सरकारको निर्णय

सरकारले मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरणको शुल्क ४ किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ब्याजसहित ४ किस्तामा एनसेलले लाइसेन्स नवीकरण शुल्क  बुझाउन सक्ने निर्णय गरेको हो ।

एनसेलले यसअघि लाइसेन्स वापतको नवीकरण शुल्क बुझाउन किस्ताबन्दीको सुविधा दिन सरकारसँग आग्रह गरेको थियो । त्यसपछि ब्याज तिर्ने शर्तसहित एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय सरकारले गरेको हो ।