कीवर्डहरू -

सार्वजनिक यातायातमा जीपीएस र गति सीमित गर्ने उपकरण जडान गर्न सरकारको निर्देशन

सार्वजनिक यातायातमा जीपीएस र गति सीमित गर्ने उपकरण जडान गर्न सरकारको निर्देशन

गृह मन्त्रालयले सार्वजनिक यातायातमा जीपीएस ट्रयाकिङ प्रणाली र गति सीमित गर्ने उपकरण जडान गर्न व्यवसायीलाई निर्देशन दिएको छ ।

राष्ट्रिय यातायात व्यवसायी महासंघलाई पत्र पठाउँदै गृह मन्त्रालयले सम्पूर्ण सवारी साधनमा जीपीएस ट्रयाकिङ प्रणाली र तीव्र गति नियन्त्रण गर्न सवारी साधनमा गति सीमित गर्ने उपकरण जडान गर्न निर्देशन दिएको हो ।

यस्तै अनलाईन टिकट प्रणालीको विकास गरी कार्यान्वयन गर्ने र आ-आफ्ना सार्वजनिक सवारी साधनमा सीसीटीभी र ट्रान्सपोर्डरको व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

असार २८ गते नारायणगढ-मुग्लिङ सडक खण्डको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोले दुईवटा बस बगाएको थियो ।

उक्त घटना अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।