कीवर्डहरू -

तेस्रो संस्करणको खल्तीको द बिगेस्ट पेमेन्ट जात्रा सम्पन्न, १० लाख भन्दा बढी सहभागी

तेस्रो संस्करणको खल्तीको द बिगेस्ट पेमेन्ट जात्रा सम्पन्न,  १० लाख भन्दा बढी  सहभागी

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आफ्नो करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण सफलता पूर्वक सम्पन्न गरेको छ । जेष्ठ १ गतेदेखि असार ३१ गतेसम्म सञ्चालन भएको ६३ दिने अफरमा १० लाख भन्दा बढी प्रयोगकर्ता सहभागी भएका थिए ।

यस अफर अन्तर्गत ५ विजेताहरूले पल्सर एनएस २०० एफआई एबीएस बाइक, आईफोन १५, अनर एक्ससेभेनबी स्मार्टफोन, गेमिङ ल्यापटपका साथै वासिङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, स्मार्ट घडीहरू, एयर बडहरू, माउन्टेन फ्लाइट देखि इन्टरनेट प्याकेज जस्ता सयौँ उपहारहरू जितेका थिए । 

यस जात्रामा भित्रिएको ‘सेयर अ कोड’ मा सहभागीहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गरेका थिए । ५ लाख भन्दा बढी कुपन बनाएर सेयर गर्दै प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बनेका थिए भने साथीभाइहरूले सो प्रोमोकोड प्रयोग गरी अफर र क्यासब्याकको लाभ लिन सफल भएका थिए ।

करोडौँ डिजिटल खुत्रुके फुटाइए भने खल्तीले खुत्रुके मार्फत करोडौँ बराबरका उपहारहरू प्रदान गरिएको थियो । यसका साथै खल्तीबाट गरिने हरेक भुक्तानीमा स्क्र्याच कार्ड उपलब्ध थियो, जसमार्फत प्रयोगकर्ताले १  करोड वटा भन्दा बढी स्क्र्याच कार्डहरू पाएका थिए । 

यस अफर अवधिभर विजेता छनोट प्रक्रियालाई पारदर्शी बनाउँदै खल्तीले आफ्नो फेसबुक लाइभ मार्फत पाँच वटा प्लसर बाइकका विजेताहरू घोषणा गरेको थियो । ब्रह्म देव महतो (राउन्ड १), प्रशना श्रेष्ठ (राउन्ड २), स्वाभिमान जनरल स्टोर्स (राउन्ड ३), सुन्दर कुमार जोशी (राउन्ड ४) र थापा किराना पसल (बोनस राउन्ड) विजेता भएका थिए ।

जात्राको सफलता बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागी हुने सबैप्रति आभार व्यक्त गर्दै लाखौँ प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानीमा अभ्यस्त बनाउन द बिगेस्ट जात्रा सफल भएको बताए ।