कीवर्डहरू -

हल्ट प्राइज पुल्चोक क्याम्पसको सेमिफाइनल सम्पन्न, ८ टोली फाइनल चरणका लागि छनोट

हल्ट प्राइज पुल्चोक क्याम्पसको सेमिफाइनल सम्पन्न,  ८ टोली फाइनल चरणका लागि छनोट

आईओई पुल्चोक क्याम्पसमा आयोजना गरिएको हल्ट प्राइज सेमिफाइनल कार्यक्रम फेब्रुअरी १४ मा एफ हलमा सम्पन्न भएको छ। प्रतियोगितामा प्रत्येक टोलीलाई समस्या, समाधान, व्यवसायिक मोडेल, प्रभाव र दिगोपनबारे ४ मिनेट प्रस्तुति र ४ मिनेट प्रश्नोत्तरका लागि समय दिइएको थियो।

१६ टोलीले आ–आफ्ना नवीन सामाजिक तथा व्यावसायिक अवधारणाहरू प्रस्तुत गरेका थिए। निर्णायकको मूल्याङ्कनपछि उत्कृष्ट ८ टोली फाइनल चरणका लागि छनोट भएका छन्।

निर्णायक मण्डलमा प्रविधि उद्यमी तथा स्पाइकर सोलुसन्सकी संस्थापक जयन्ती मल्ल चापागाईं, हिमाऔस एजुकेसन कन्सल्टेन्सीका मार्केटिङ म्यानेजर अनुप आचार्य, पायोनियर ल’ एसोसिएट्सकी एसोसिएट दिप्ती सापकोटा र फाइभ फिङ्गर्स कन्सल्टिङका सीईओ केपी भुसाल सहभागी थिए। 

हिमा अस एजुकेसनको शीर्ष प्रायोजनसहित गोल्ड स्पोन्सरमा टेकएक्सिस, हिमालयन ग्लो साइन लिमिटेड र चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड, जनरल स्पोन्सरमा सिंगापुर बेभरेजेज प्रा.लि., बेभरेज पार्टनरमा र्यालिको, युनिब्याग्स, जीएजी नेपाल र कोटेक्स नेपाल रहेका थिए। गिफ्टिङ पार्टनरमा कुन्यो गियर्स, मुदिता स्टोर, इकोकाण्डुक, हेस्से, मर्चेन्डाइज ग्रिड नेपाल र द प्लान्ट रुम तथा गिभअवे पार्टनरमा लोट्टो सुज रहेको आयोजकले जनाएको छ।