कीवर्डहरू -

हाम्रो पात्रोले सुरू गर्‍यो ई-कमर्स ‘हाम्रो मार्ट’, अब एपबाट सामान पनि खरिद गर्न सकिने

हाम्रो पात्रोले सुरू गर्‍यो ई-कमर्स ‘हाम्रो मार्ट’, अब एपबाट सामान पनि खरिद गर्न सकिने

अब हाम्रो पात्रोबाटै सामान खरिद गर्न सकिने भएको छ । नेपालमा सबैभन्दा धेरै प्रयोग हुने एप हाम्रो पात्रोले ‘हाम्रो मार्ट’ सेवा सुरू गरेको हो । 

हाम्रो मार्टको सेवा हाम्रो पात्रो एप भित्रै उपलब्ध हुनेछ । यस बाहेक मार्ट डट हाम्रो पात्रो डटकम वेबसाइबाट समेत सामानहरू खरिद गर्न सकिने छ । 

नयाँ वर्षको अवसरमा हाम्रो मार्टले नयाँ वर्ष धमाका अफर सञ्चालन भइरहेको छ । अफर अन्तर्गत छुटमा सामान खरिद गर्न सकिने छ । 

सामान खरिद गरेपछि पैसा भुक्तानी हाम्रो पेबाटै गर्न सकिने छ । साथै क्यान अन डेलिभरीको सुविधा समेत रहेको छ ।

नेपालको सुपर एप बन्ने लक्ष्यसहित अगाडि बढेको हाम्रो पात्रो एपबाटै अहिले दर्जनबढी सुविधा पाइन्छन् । एपमा ई-कमर्ससहित डिजिटल भुक्तानी, स्वास्थ्य, ज्योतिषी, समाचार, ई-लर्निङ, क्विज, टिपोट, रेडियो, समाचार, ई-कार्ड, अडियो, भिडियो, बैंकको ब्याजदर, रेसिपी लगायतका अन्य सुविधाहरू उपलब्ध छन् ।