ज्याप सर्भिसेसले पब्लिक च्वाइस आइसिटी अवार्ड २०२४ एलएमसी अलर्टले प्राप्त गर्न सफल भएको छ ।
शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुमको ग्राण्ड फिनाले कार्यक्रममा ज्याप सर्भिसेसलाई यस वर्षको पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिएको हो ।
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १० स्टार्टअप, १३ प्रडक्ट, १२ राइजिङ स्टार इन्नोभेसन र १३ सोसल इन्नोभेसनमध्येबाट सबैभन्दा धेरै पब्लिक भोट ल्याउन सफल ज्याप सर्भिसेसले पब्लिक च्वाइस आइसिटी अवार्ड जितेको छ ।
ज्याप सर्भिसेस कोरोना महामारीमा सुरू भएको स्टार्टअप हो । डेलिभरी सेवा सजिलो बनाउन सुरू भएको स्टार्टअपले पछिल्लो समय नेपालकै पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल पनि सञ्चालन गरिरहेको छ ।