कीवर्डहरू -

घन्टौँ मोबाइल चलाउने बानीले दिक्क हुनुभएको छ ? यी सेटिङ अन गर्नुहोस्

घन्टौँ मोबाइल चलाउने बानीले दिक्क हुनुभएको छ ? यी सेटिङ अन गर्नुहोस्

स्मार्टफोन चलाउँदा कहिलेकाहीं घण्टौँ बितेको पत्तै हुँदैन् । केही मिनेटका लागि फोन उठाउँछौं, र जब राख्ने समय आउँछ, समय कति खर्च भईसक्यो थाहा नै हुँदैन् ।

घण्टौँ मोबाइल चलाउने बानीले धेरैलाई हैरान पारेको छ । यदि तपाईं पनि यस बानीबाट दिक्क भइसकेको हुनुहुन्छ भने, तुरुन्तै सचेत हुन आवश्यक छ, किनकि धेरै फोन चलाउँदा धेरै प्रकारका नोक्सान हुन सक्छ । 

हामी एउटा यस्तो सेटिङको बारेमा बताउँदैछौं, जसलाई तपाईंले सक्रिय गर्नुभयो भने घण्टौँ मोबाइल प्रयोग गर्ने बानी धेरै हदसम्म हट्न सक्छ । 

एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नेहरूका लागि यो सेटिङ धेरै कामको छ । यसमा प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता अनुसार कुन एप कति समयसम्म प्रयोग गर्ने सेट गर्न सक्छन्  ।

उदाहरणका लागि, कुनै एपमा तपाईंले एक घण्टाको समय सेट गर्नुभयो भने एक घण्टापछि एपले आफैँ तपाईंलाई समय समाप्त भइसकेको सूचना दिनेछ । तपाईंले यो सबैभन्दा बढी प्रयोग हुने एपहरूमा लागू गर्न सक्नुहुन्छ, विशेषगरी सामाजिक सञ्जाल एपहरूमा । 

कसरी सेटिङ इनेबल गर्ने  ?

यो सेटिङ इनेबल गर्न केही विधिहरू अनुसरण गर्नुपर्छ । सबैभन्दा पहिले सेटिङमा जानुहोस् र 'डिजिटल वेलबिंग एण्ड प्यारेन्टल कन्ट्रोल’ सर्च गर्नुहोस् । त्यसपछि यसमा ट्याप गर्नुहोस्, र माथि तपाईंलाई देखिनेछ कुन एप कति समय प्रयोग भएको छ ।

यहाँ तपाईंलाई ’एप लिम्ट्स’ विकल्प देखिनेछ, त्यसमा ट्याप गर्नुहोस् । अब सबै एपहरू अगाडि आउनेछन् जसमा टाइमर सेट गर्नुपर्छ, त्यसमा क्लिक गर्नुहोस् ।

अब एप टाइमर’ मा ट्याप गर्नुहोस् र आफ्नो इच्छाअनुसार समय सेट गरेर 'ओके’ गर्नुहोस् ।  

यो सेटिङ इनेबल गरेपछि, तपाईंले सेट गरेको समयभित्र मात्र एप प्रयोग गर्न सक्नुहुनेछ । यसभन्दा बढी प्रयोग गर्न चाहनु भयो भने, सेटिङ फेरि परिवर्तन गर्नुपर्नेछ ।