कीवर्डहरू -

मंगलबार नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै

मंगलबार नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै

माघ २३ गते मंगलबार नेपालमा पनि सुरक्षित इन्टरनेट दिवसको मनाइने भएको छ । चाइल्ड सेफ नेटको अगुवाईमा विभिन्न सरकारी तथा निजी संस्थाको सहकार्यमा मंगलबार सुरक्षित इन्टरनेट दिवसको मनाइँदै छ । 

चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशीले सुरक्षित इन्टरनेट दिवस भनेको एकदिन मनाउने नभएर वर्षैँभरि इन्टरनेट सुरक्षाको बारेमा जागरण, चेतना ल्याउने विश्वव्यापी अभियान भएको बताए ।  

२० वर्ष अघि यूरोपबाट सुरू भएको सुरक्षित इन्टरनेट दिवस अहिले १७० भन्दा बढी देशमा मनाइन्छ । नेपालमा पनि सन् २०१९ बाट चाइल्ड सेफ नेटले मनाउँदै आएको छ । चालइन्ड सेफ नेटले सुरक्षित इन्टरनेटको प्रयोग बारे वर्षेभरि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।