जिल्ला प्रहरी कार्यालय कास्कीले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार, अनलाईन जुवा/सट्टावाजी गरेको आशंकामा ५ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं.१४ अनुपम टोल स्थितमा शंकास्पद गतिविधि भईरहेको भन्ने गोप्य सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्वतका ३१ वर्षीय रुपेन्द्र जीसी, म्याग्दीका ३३ वर्षीय बिक्रम बाँनिया, १९ वर्षीय रोजन केसी, २२ वर्षीय सज्जन घिमिरे र २८ वर्षीय सन्दिप कटुवाल रहेका छन् ।
पक्राउ परेका जीसी अमेरिकामा आईटी इन्जिनियर छन् । अहिले छुट्टिएमा नेपाल आएका थिए । प्रहरीले उनीहरूलाई साथबाट ३१ थान मोबाइल, दुई थान कम्प्युटर मनिटर, तीन थान कम्प्युटर सीपीयू, चार थान ल्यापटप र १ थान आईप्याड, दुई थान किबोर्ड, एउटा माउस, चार ओटा राउटर, तीन पेनड्राइभ, एउटा हार्डडिक्स, ११ ओटा चार्जर, एउटा स्ट्याम्प, युएसबी पोर्टसहितको स्टयाण्ड, ७२ हजार ५०० रुपैयाँ नगद लगायतका सामग्रीहरू बरामद गरेको छ ।
उनीहरूले ह्वाट्सएप, टेलिग्राम, क्यास एप, चिमे एप, युएसडीटी जस्ता एपहरूबाट तीस करोड भन्दा बढिको कारोबार गरेको पाएइको छ ।
कास्की जिल्ला अदालतबाट सातको दिनको म्याद थप गरी क्रिप्टोकरेन्सी, जुवा र सट्टेबाजीमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।