कीवर्डहरू -

जाडोमा पन्जा नखोली फोन चलाउन सक्नुहनेछ, जान्नुहोस् तरिका

जाडोमा पन्जा नखोली फोन चलाउन सक्नुहनेछ, जान्नुहोस् तरिका

पुष माघ महिनामा कठ्याङ्ग्रिने जाडो पर्छ । जाडोको मौसममा आफूलाई स्वस्थ राख्न चुनौतीपूर्ण हुन्छ, तर न्यानो स्वेटर, ज्याकेट, स्कार्फ वा पन्जा भएमा धेरै हदसम्म राहत महसुस हुन्छ । जाडोको समयमा हातलाई न्यानो राख्नका लागि पन्जा सबैभन्दा महत्वपूर्ण हुन्छ । बाइक वा अन्य दुई पांग्रे सवारी साधन चलाउँदा यसले धेरै काम गर्छ । तर, पन्जा लगाएर मोबाइल चलाउँदा समस्या हुन्छ । यस्तो अवस्थामा फोनको स्क्रिन काम गर्दैन् ।  

तर, यस समस्याको समाधानका लागि केही उपायहरू छन् । एन्ड्रोइड प्रयोगकर्ताहरूले सेटिङ्समा केही परिवर्तन गरेर यसलाई सजिलै समाधान गर्न सक्छन् । पहिले बुझौँ कि पन्जा लगाएर फोन चलाउँदा किन स्क्रिनले काम गर्दैन् ।  स्मार्टफोनको टचस्क्रिन विद्युतीय चालकत्वमा निर्भर हुन्छ, जुन प्रयोगकर्ताको औँलाबाट उत्पन्न हुन्छ । जब हामी पन्जा लगाउँछौं, तब यो चालकत्व रोकिन्छ । त्यसकारण डिभाइसको टच डिस्प्लेमाथि कुनै प्रतिक्रिया हुँदैन् ।  

काम लाग्ने ग्लोभ मोड  

एन्ड्रोइड स्मार्टफोनमा विभिन्न कस्टमाइजेसन अप्सनहरू हुन्छन्, जसमा ग्लोभ मोड पनि समावेश छ । यो मोड विशेष गरी यस समस्यालाई समाधान गर्नका लागि डिजाइन गरिएको हो । धेरै प्रयोगकर्ताले यसलाई बेवास्ता गर्छन् वा यसको बारेमा जानकारी हुँदैन् ।  

 ग्लोभ मोड एक्टिभेट गर्ने सजिलो तरिका  

आफ्नो स्मार्टफोनको सेटिङ्स खोल्नुहोस् । तल स्क्रोल गर्नुहोस् र एक्सेसिबिलिटी वा कन्भिनियन्समा ट्याप गर्नुहोस् ।  ग्लोभ मोड अप्सनलाई सक्षम गर्नुहोस् ।

 यो सक्रिय भएपछि तपाईँले पन्जा लगाएर सजिलै आफ्नो स्मार्टफोन चलाउन सक्नुहुन्छ ।  
यदि तपाईंको फोनमा यो फिचर छैन भने चिन्ता लिनु पर्दैन् । गुगल प्ले स्टोरमा पहिले नै धेरै थर्ड–पार्टी एपहरू उपलब्ध छन्, जसले टचस्क्रिनको संवेदनशीलता बढाउन सक्छन् र ग्लोभ लगाएर फोन चलाउन सक्ने बनाउँछन् ।  

टचस्क्रीन बुस्टर वा ग्लोभ टच इनेबलर जस्ता एपहरूले तपाईँलाई पन्जा लगाएर डिभाइस चलाउन सहयोग गर्न सक्छन् । यी एपहरूले तपाईंको स्मार्टफोनको स्क्रिनको सेन्स्टिीभीटी एडजस्ट गर्न पनि मद्दत गर्छन् ।