कीवर्डहरू -

हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा

हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा

नेपालको अग्रणी फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुर नेपालमा आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको छ । 

कम्पनीको अत्याधुनिक फर्निचर फिटिङ्स नेपाली बजारमा प्रस्तुत गर्ने दिशामा एक प्रमुख कदममा हेटिच इन्डियाका वरिष्ठ व्यवस्थापन, व्यवसायिक सहयोगीहरू, वास्तुकला तथा डिजाइनका प्रतिष्ठित सदस्यहरूको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । 

सो कार्यक्रमका प्रमुख अतिथि सोसाइटी अफ नेपालिज आर्किटेक्ट (सोना) का अध्यक्ष ईश्वरलाल जोशी रहेका थिए । ३,००० स्क्वायर फिट भन्दा बढीमा फैलिएको यस एप्लिकेसन सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिंग तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा मनमोहक टच–एन्ड–फिल प्रदान गर्नेछ ।

यस एप्लिकेसन सेन्टरमा ग्राहकहरूले आफ्नो घर तथा अफिसको लागि निःशुल्क व्यावसायिक डिजाइन सेवा पनि प्रदान गर्ने भएको छ ।

उद्घाटनको बारेमा बोल्दै हेटिच इन्डिया, मध्य पूर्व, अफ्रिका र सार्कका प्रबन्ध निर्देशक आन्द्रे इकहोल्टले नेपालमा नयाँ हेटिच एप्लिकेसन सेन्टरको स्थापना हाम्रा व्यावसायिक साझेदारहरूसँग दीर्घकालीन दिगो विकासलाई  प्रोत्साहन गर्ने बताए ।