कीवर्डहरू -

एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन

एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन

सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्ने भएको छ । मंसिर २१ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी उच्चसतरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । 

पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठन भएको उच्चस्तरीय अध्ययन तथा छानविन समितिमा सदस्यको रूपमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सह-सचिव रितेश कुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह-सचिव बाबुराम भण्डारी र आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् । 

मलेसियन कम्पनी आजियाटा ग्रुपले गत शुक्रबार मात्रै एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर नेपालका सम्बन्धित निकायलाई थाहै नदिइ बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गर्ने सम्झौता गरेपछि यस विषयमा चौतर्फी रूपमा अध्ययन गर्नुपर्ने आवाज उठेपछि सरकारले छानबिन समिति गठन गरेको हो । 


 

यो पनि पढ्नुहोस