कीवर्डहरू -

अनर २०० सिरिजको प्रि-बुकिङ सुरू, स्मार्टवाच र इयरबड्स उपहार पाइने

अनर २०० सिरिजको प्रि-बुकिङ सुरू, स्मार्टवाच र इयरबड्स उपहार पाइने

अनर २०० सिरिजको नेपालमा प्रि-बुकिङ सुरू भएको छ । अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले बुधबारदेखि प्रि-बुकिङको घोषणा गरेको हो । प्रि-बुकिङ जुलाई २३ सम्म जारी रहने छ भने फोन प्रि-बुक गर्ने ग्राहकहरूले आकर्षक उपहार र अफरहरू पाउनेछन् । 

नेपाली बजारमा अनर २०० प्रो १२ जीबी र्‍याम ५१२ स्टोरेजमा उपलब्ध हुनेछ भने अनर २०० १२ जीबी र्‍याम २५६ जीबी स्टोरेज र १२ जीबी र्‍याम ५१२ जीबी स्टोरेजमा आउने छ ।

अनर २०० सिरिजमा ५० मेगापिक्सेल पोर्ट्रेट मुख्य क्यामेरा रहेको छ भने जुन उन्नत हार्डवेयर र एआई-संचालित सफ्टवेयरले सुसज्जित छ । सुपर डायनामिक H9000 सेन्सर र 4-in-1 पिक्सेल बिनिङ टेक्नोलोजीको साथ, कम प्रकाश परिदृश्यहरूले पनि जटिल विवरणहरू प्रकट गर्ने कम्पनीको भनाइ छ । 

अनर २०० र २०० प्रोमा ५२०० एमएएचको सिलिकन-कार्बन ब्याट्री राखिएको छ, जसले एकल चार्जमा ६१ घण्टासम्म निरन्तर संगीत स्ट्रिमिङ गर्न सक्षम हुने कम्पनीको दावी छ ।

अनर २०० प्रो ओशन सायन र ब्ल्याक गरि दुई रंगमा उपलब्ध हुनेछ भने अनर २०० मुनलाइट ह्वाइट र ब्ल्याकमा उपलब्ध हुनेछ । सेलट्रोन नेपालले अनर २००  (१२+२५६) जीबी भेरियन्टको लागि मूल्य  ६४ हजार ९९९ रूपैयाँ तोकेको छ भने (१२+५१२) जीबी  भेरियन्टको मूल्य  ६७ हजार ९९९ रूपैयाँ निर्धारण गरेको छ ।  

अनसर २०० प्रि-बुकिङ गर्ने ग्राहकले १३ हजार ९९९ रूपैयाँको अनर च्वाइस वाच मात्र १ हजार ९९९ रूपैयाँमा पाउने छन् । स्क्रिन ब्रेकेज बीमाको लाभ उठाउन सक्नेछन। 

अनर २०० प्रो (१२+५१२) जीबी भेरियन्टको मूल्य ८४ हजार ९९९ रूपैयाँ तोकिएको छ । यस फोनको प्रि-बुकिङ अवधि भित्र खरिद गर्ने ग्राहकहरूले १३ हजार ९९९ रूपैयाँ पर्ने अनर च्वाइस वाच र ५ हजार ४९९ रूपैयाँ पर्ने अर च्वाइस इयरबड्स एक्स फाइभसहित स्क्रिन ब्रेकेज बीमा र भीआईपी कार्ड पनि प्राप्त गर्नेछन् । 

ग्राहकहरूले अनर २०० सिरिजलाई अनलाइन र अफलाइन दुवै प्लेटफर्मबाट प्रि-अर्डर गर्न सक्ने छन् ।