कीवर्डहरू -

अनर प्ले १० नेपालमा सार्वजनिक, कति छ मूल्य ?

अनर प्ले १० नेपालमा सार्वजनिक, कति छ मूल्य ?

स्मार्टफोन ब्रान्ड अनरले नेपालमा नयाँ मोडल अनर प्ले१० सार्वजनिक गरेको छ। प्ले इट कुल स्लोगनसहित बजारमा आएको यो फोनलाई कम्पनीले स्टाइलिश, शक्तिशाली र सबैका लागि उपयुक्त भनेको छ । 

अनर प्ले१० मा ६.७४ इन्चको ठूलो डिस्प्ले, फ्ल्याट–फ्रेम डिजाइन, मिडिया टेक हेलियो जी ८१ प्रोसेसर र एन्ड्रोइड १५ को सपोर्ट रहेको छ। कम्पनीका अनुसार यसले सहज स्पीड, सजिलो मल्टिटास्किङ र अविराम मनोरञ्जन सुनिश्चित गर्छ।

५००० एमएएच क्षमताको ब्याट्री र १० वाट चार्जिङसहित आउने यो मोडलले लामो समयसम्म पावर प्रदान गर्ने दाबी गरिएको छ। क्यामेराको हिसाबले, यसमा १३ मेगापिक्सेल पछाडिको क्यामेरा र ५ मेगापिक्सेल फ्रन्ट क्यामेरा उपलब्ध छ।

कम्पनीले विद्यार्थी, गेमप्रेमी वा स्टाइल र परफर्मेन्स दुवै चाहने प्रयोगकर्ताका लागि यो फोन उपयुक्त हुने जनाएको छ।

अनर प्ले १० आजैदेखि १० हजार ९९९ रूपैयाँमा उपलब्ध छ। नेपालभरका आधिकारिक खुद्रा स्टोरहरूबाट खरिद गर्न सक्नेछन्।