फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत देशभरको मतदान प्रक्रिया सकिएको छ। निर्वाचन आयोगका अनुसार देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।
हाल विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मतगणना स्थलमा ल्याउने काम जारी रहेको छ। केही हिमाली तथा दुर्गम जिल्लाहरूमा भने भौगोलिक कठिनाइका कारण मतपेटिका भोलि मात्र मतगणना स्थलमा ल्याइने बताइएको छ।
मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलमा पुगेपछि सर्वदलीय बैठक बसेर मतगणना प्रक्रिया सुरु गरिनेछ। आयोगका अनुसार शहरी क्षेत्रमा आज रातिदेखि नै मतगणना सुरु हुने सम्भावना रहेको छ भने दुर्गम तथा विकट जिल्लामा शुक्रबारदेखि मात्र मतगणना सुरु हुने जनाइएको छ।
मतगणनाको जानकारी कसरी लिन सकिन्छ?
मतगणनासम्बन्धी अद्यावधिक जानकारी निर्वाचन आयोगको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिन्छ। साथै विभिन्न अनलाइन सञ्चारमाध्यमहरूले पनि अपडेट उपलब्ध गराउने छन् ।
अनलाइनखबर, इकान्तिपुर, रातोपाटी, नेपालन्युज, बाह्रखरी, देशसञ्चार र लोकान्तर लगायतका अनलाइन मिडियाबाट पनि मतगणना र परिणामको जानकारी लिन सकिनेछ।
आईसीटी समाचार