इनड्राइभले बाढी र पहिरोबाट विस्थापित परिवारहरूका लागि तयार पारिएका दिगो प्रकृतिका नयाँ घरहरूको साँचो आधिकारिक रूपमा हस्तान्तरण गरेको छ । यस पहल अन्तर्गत इनड्राइभले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा निर्माण गरिएका पाँचओटा घरको साँचो सम्बन्धित परिवारहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए ।
साथै, यस अभियानमा, प्रभावित भएका घरपरिवारहरूलाई अत्यावश्यक सामग्रीहरूको वितरण पनि गरिएको छ । नवनिर्मित घरहरू बाढी र पहिरो पीडितहरूको विशिष्ट आवश्यकताहरूलाई सम्बोधन गर्न स्थानीय समुदायसँगको परामर्शमा तयार गरिएको हो ।
घरहरू बाँस र माटो प्रयोग गरेर निर्माण गरिएका छन् । यसले घरहरूले दिगोपन र सांस्कृतिक झल्काउने बताइएको छ । टिकाउ, र वातावरणीयरूपमा उपयुक्त हुने गरी संरचना निर्माण गरिएको छ ।
इनड्राइभका एपीएसी कम्युनिकेसन लिड पवित नन्दा आनन्दले इनड्राइभ केवल राइड सर्भिसमा मात्र सीमित नभएर दीर्घकालीन, सार्थक, अर्थपूर्ण र दिगो परिवर्तन सिर्जना गर्ने यात्रामा रहेको बताइन ।
‘यो सहकार्यमार्फत हामी केवल बसोबासको व्यवस्था मात्र गरिरहेका छैनौं, बाढी र पहिरोबाट सबैथोक गुमाएका परिवारहरूमा स्थिरता, सम्मान र आशाको पुनःस्थापना गरिरहेका छौं । हामी उनीहरूलाई आफ्नो भविष्य पुनर्निर्माण गर्ने यात्रामा स्वतन्त्र निर्णय लिने अधिकार र नयाँ आत्मविश्वासका साथ सँगै उभिन पाउँदा गर्व गर्छौ,’ उनले भनिन, ‘इनड्राइभले सदैव समुदाय-केन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिँदै आएको छ। इनड्राइभ यस्तै साझेदारीहरू मार्फत समावेशी, सुरक्षित र सशक्त समुदाय निर्माण गर्न कटिबद्ध रहेको छ ।’
यस्तै इनड्राइभमा एपीएसीका रिजनल डाइरेक्टर मार्क टलीले यी बनाइएका घरहरू केवल बाँस र माटोले बनेका संरचनाहरू मात्र नभई, घरवार गुमाएका परिवारहरूका लागि पुनः जीवन सुरु गर्न फेरि आत्मबल दिने बताए ।
‘यसले मानिसहरूकै आवाज र चाहनालाई प्राथमिकतामा राखेको छ । एनसीडीएमसँगको हाम्रो सहकार्यले लचिलोपन, र ‘पिपुल फस्र्ट‘ भन्ने हाम्रो मूल दर्शनलाई झल्काउँछ । हामी विश्वास गर्छौं —यस्तो सहयोग र सहकार्यले मात्र दीर्घकालीन समाधान सम्भव हुन्छ,’ उनले अगाडि भने ।