पृथ्वीको कुनै पनि ठाउँमा गएर पनि तपाईं आफैले आफ्नो लोकसन थाहा पाउनु सक्नुहुन्छ । यो सम्भव गराउने प्रविधि हो, जीपीएस ।
जीपीएसको मद्दतले आफ्नो स्थान ट्र्याक गर्न सकिन्छ । एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्न सकिन्छ । यो अहिलेको संसारमा एकदमै महत्त्पूर्ण भाग बनिसेकको छ ।
ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) एक अन्तरिक्ष–आधारित उपग्रह नेभिगेसन प्रणाली हो, जसले सबै मौसम परिस्थितिहरूमा स्थान र समय जानकारी प्रदान गर्दछ । जीपीएसको मद्दतले, हामी हाम्रो उपकरणको स्थान जुनसुकै बेला ट्र्याक गर्न सक्छौं ।
ग्लोबल पोजिसनिङ सिस्टम संयुक्त राज्य अमेरिकाले बनाएको हो । तर अमेरिकाले बनाए पनि आज जीपीएस प्रयोग जो कोहीले स्वतन्त्रपूर्वक प्रयोग गर्न सक्छन् ।
जीपीएस एक उपग्रह–आधारित नेभिगेसन प्रणाली हो, जुन अमेरिकी रक्षा विभाग द्वारा राखिएको २४ उपग्रहहरूको नेटवर्कबाट बनेको छ ।
जीपीएसले संसारको कुनै पनि ठाउँमा, जुनसुकै मौसममा २४ घण्टा काम गर्दछ । तपाईंले जीपीएस प्रयोग गर्न कुनै शुल्क वा सेटअप शुल्क तिर्नु पर्दैन् । जीपीएस सेवा निःशुल्क प्रयोग गर्न सकिन्छ, जुन तपाई हामीले प्रयोग गरिरहेकै छौं ।
जीपीएसको सुरूवात
सन् १९५७ मा सोभियत संघले आफ्नो पहिलो उपग्रह स्पुतनिक प्रक्षेपण गर्यो । अमेरिकी वैज्ञानिकहरूले स्पुतनिकको अवलोकन गर्न थाले ।
त्यसपछि सन् १९६० मा स्पुतनिक ट्र्याकिङबाट प्राप्त जानकारी र ज्ञान प्रयोग गरेर, अमेरिकी नौसेनाले ब्यालिस्टिक मिसाइल पनडुब्बीहरूको नौसेनाको फ्लीटलाई मार्गदर्शन गर्न मद्दत गर्न पहिलो स्याटेलाइट नेभिगेसन प्रणाली ट्रान्जिट सुरु गर्यो ।
पछि सन् १९६७ मा, अमेरिकी नेभीद्वारा टाइमेसन टेक्नीक विकसित गरिएको थियो । यो प्रणालीले उपग्रहमा अत्यधिक सुसंगत, सिङ्क्रोनाइज गरिएको घडी प्रयोग ग¥यो, एउटा प्रविधि जसमा जीपीएस निर्भर हुन्छ ।
विकास विस्तारै भयो र यू.एस. सन् १९७८ को अन्त्यसम्ममा पहिलो चार जीपीएस उपग्रह प्रक्षेपण गर्ने श्रेय सेनालाई दिइएको थियो ।
सन् १९७२ मा रेदेयन कम्पनीसंग काम गर्ने एक अमेरेकी वैज्ञानिक डा. क्ष्इभान गेटिंगले आफ्नो पद छोडेर ग्लोबल पोजिसनिङ सिस्टमको विकास गर्न थाले, जसमा उनले वैज्ञानिक र एरोस्पेस इन्जिनियरहरूको समूहसँग मिलेर त्रि–आयामिक जीपीएसको अवधारणा विकास गर्न थाले ।
प्रारम्भ कालमा सैनिक प्रायोजनका लागि प्रयोग गर्ने गरी जीपीएस सुरू गरिएको थियो । तर सन् १९८० को दशकमा अमेरिकाले आफ्ना देशका नागरिककको प्रयोगका लागि पनि उपलब्ध गराउन थाल्यो ।
जीपीएस प्रविधि अमेरिकामा मात्र उपलब्ध छ । यो सुरुवातमा सेनाका लागि निर्माण गरिएको हो । जुनपछि आम नागरिकलाई उपलब्ध गराइयो । पहिलो आधुनिक उपग्रह १४ फेब्रुअरी सन् १९८९ मा प्रक्षेपण गरिएको थियो र जीपीएस १७ जुलाई, सन् १९९५ मा पूर्ण रूपमा प्रक्षेपण गरिएको थियो ।
जीपीएस कसरी काम गर्छ ?
ग्लोबल पोजिसनिङ सिस्टम २४ उपग्रहहरूको समूह हो, जुन पृथ्वीबाट २६ हजार ६०० किलोमिटरको उचाइमा परिक्रमा गर्दछन् । उपग्रहहरू अमेरिकी रक्षा विभागको स्वामित्वमा छन्, तर रिसिभर हुने जो कोहीले पनि ती उपग्रहहरूबाट संकेतहरू प्रयोग गर्न सक्छन् ।
यी सबै उपग्रह पृथ्वीको वरिपरि घुम्छन् । जीपीएसले ट्राइलेटरेसन भनिने प्रविधिमा काम गर्छ, जसमा यसले स्थान, वेग र उचाइ गणना गर्न उपग्रहबाट संकेतहरू सङ्कलन गर्दछ ।
जब हामी हाम्रो उपकरणमा कुनै पनि स्थान खोज्छौं, सबै भन्दा पहिले हामी पृथ्वीमा उपग्रह संकेतहरू पठाउँछौं र यो संकेत हाम्रो जीपीएस रिसिभरले प्राप्त गर्छ ।
जब यो संकेतले हाम्रो रिसीभरलाई भेट्छ यसले संकेत सेकेण्ड र समय मापन गर्दछ । यो सबै जानकारी गणना र प्रमाणीकरण पछि, जीपीएसमा जानकारी प्रदान गरिएको हो । यसरी जीपीएसले काम गर्छ ।
जीपीएसको आधारभूत संरचना कस्तो छ ?
अन्तरिक्ष खण्ड
जीपीएस अन्तरिक्ष खण्डमा उपग्रहहरूको तारामण्डल हुन्छ जसले प्रयोगकर्ताहरूलाई रेडियो संकेतहरू पठाउँछ ।
नियन्त्रण खण्ड
जीपीएस नियन्त्रण खण्डमा जीपीएस उपग्रहहरू ट्र्याक गर्ने, तिनीहरूको प्रसारण निगरानी, विश्लेषण, र कमाण्ड र डेटा पठाउने ग्राउन्ड सुविधाहरूको विश्वव्यापी नेटवर्क हुन्छ ।
प्रयोगकर्ता खण्ड
जीपीएस मा, प्रयोगकर्ता खण्डले उपग्रह द्वारा पठाएको संकेतहरू प्राप्त गर्दछ । हामी यसलाई न्एक् रिसिभरको नामले पनि चिन्छौं ।
जीपीएसको उपयोग
जीपीएस ट्र्याकिङ धेरै ठाउँमा प्रयोग गरिन्छ। यो एक धेरै शक्तिशाली उपकरण प्रविधि हो जुन धेरै व्यवसाय र उद्योगहरूमा प्रयोग गरिन्छ। प्रहरी विभाग, यातायात, खानी र यातायातमा जीपीएस सबैभन्दा बढी प्रयोग गरिन्छ ।
स्थिति पहिचान गर्न, एक स्थानबाट अर्को ठाउँमा जान, ट्रयाकिङ, म्यापिङ र कुनै ठाउँमा पुग्न कति समय लाग्छ मापन गर्न गर्न जीपीएसको उपयोग हुन्छ ।