ह्याकिङको दुनियाँमा परिचित नाम हो, टोर ब्राउजर । टोरलाई द ओनियन राउटर पनि भनिन्छ । टोर ब्राउजरको कन्सेप्ट एकदमै फरक छ ।
जसरी प्याजमा धेरै लेयरहरू हुन्छन्, त्यसरी नै टोर ब्राउजरले पनि प्याजको लेयर जस्तै कन्सेप्टमा काम गर्छ । टोर ब्राउजरमा पनि आईपीका धेरै लेयरहरू छन्, जसले तपाईको पहिचान लुकाउन मद्दत गर्दछ ।
अब एक्कैछिन आईपी बारे बुझौं । आइपी भनेको इन्टरनेट प्रोटोकल हो, जुन तपाईको इन्टरनेट पनि पहिचान हो । यसको माध्यमबाट तपाइँको पहिचान थाहा पाउन सकिन्छ, इन्टरनेटमा के गर्दै हुनुहुन्छ, स्थान के हो, सेवा प्रदायक को हो र धेरै अरु जानकारीहरु पनि यसमार्फत प्राप्त हुने गर्दछन् ।
जसरी तपाईसँग पहिचानका लागि परिचय पत्र छ । त्यसैगरी इन्टरनेटमा आईपी ठेगाना हुन्छ, जसले तपाइँको पहिचान बताउँछ । तर टोर ब्राउजरको काम यहीँबाट सुरु हुन्छ । यसले तपाइँको वास्तविक पहिचान लुकाउन मद्दत गर्दछ । टोरले वास्तविक आईपीलाई अर्को आईपीसँग बदल्छ ।
टोर ब्राउजरबाट कुनै वेबसाइट खोल्दा टोरले वास्तविक पहिचान लुकाउँछ । ब्राउजरले वास्तविक आईपी नै परिवर्तन गरिदिन्छ । उदाहरणको लागि, पहिलो आईपी दोस्रो आईपीद्वारा कभर हुन्छ, दोस्रो आईपी तेस्रोद्वारा कभर हुन्छ र यसरी क्रमश आईपीको एक श्रृंखला बनाइन्छ, जसकारण पहिचान लुक्ने गर्दछ ।
यसले गर्दा प्रणाली भ्रमित हुन्छ र प्रयोगकर्ताको वास्तविक आईपी सुरक्षित रहन्छ । अनि प्रयोगकर्तालाई ट्र्याक गर्न धेरै गाह्रो हुन्छ । समग्रमा, टोर ब्राउजर प्रयोग गरेर तपाईंले आफ्नो मूल आईपी र आफैलाई ट्र्याक हुनबाट जोगाउन सक्नुहुन्छ ।
विशेष गरी टोर ब्राउजर ब्ल्याकह्याट ह्याकर, ग्रेह्याट ह्याकर र ह्वाइटह्याट ह्याकरहरू र यस्तै प्रकारका प्राविधिक व्यक्तिहरूले बढी प्रयोग गर्छन्, जसले आफ्नो पहिचान गुमनाम राख्न चाहन्छन् । टोर ब्राउजरले धेरै आईपीहरू प्रयोग गर्दछ, यसको सर्भरमा सीधा जडान गर्नुको सट्टा, यसले प्रत्येक जडानमा नयाँ आईपी थप्छ । त्यसपछि पछि यसले काम गर्दछ ।
टोर ब्राउजरको आईपी विभिन्न देशहरू मार्फत पास हुन्छ र यसको रिलेमार्फत सर्किट पूरा भएपछि साइट खुल्छ जसका कारण यसले धेरै ढिलो काम गर्दछ, तर तपाईंको आईपी एड्रेस सुरक्षित रहन्छ ।
तपाईले अहिले सम्म जे सुन्नु भयो, यी सबै जानकारीले गर्दा टोर ब्राउजर गैरकानुनी रहेछ जस्तो लाग्न सक्छ । टोर ब्राउजर प्रयोग गर्न गैरकानुनी छैन् । यद्यपि यो प्रयोगकर्तामा निर्भर रहन्छ । यदि तपाई इन्टरनेट प्रयोग गर्नका लागि आफ्नो पहिचान अरूबाट लुकाउन चाहनुहुन्छ भने, यो गलत छैन ।
तर यदि आफ्नो आईपी ठेगाना लुकाएर कुनै गैरकानूनी कामको लागि टोर ब्राउजर प्रयोग गर्नुहुन्छ भने, यो गलत र गैरकानूनी हो । यसो गरेमा सजाय पनि हुन सक्छ । टोर ब्राउजरको सहयोगमा राम्रो काम गरेर गल्ती नगर्ने हो भने ठिक छ, तर त्यसको सहयोगमा कुनै गलत काम वा अपराध गरेमा कडा कारबाही हुन्छ ।