कीवर्डहरू -

क्रिप्टोकरेन्सी कति प्रकारका हुन्छन् ?

क्रिप्टोकरेन्सी कति प्रकारका हुन्छन् ?

क्रिप्टोकरन्सीको भनेको पियर-टू-पीयर नेटवर्कमा आधारित विद्युतीय कारोबारको नयाँ प्रणाली हो । बिटक्वाइनका विकासकर्ता सातोशी नाकामोटोद्वारा प्रकाशित श्वेतपत्र अनुसार यसमा भएका नोड वा कम्प्युटिङ प्रणालीहरूद्वारा कारोबारको प्रमाणित र रेकर्ड गरिन्छ, जुन नेटवर्कको हिस्सा हो ।

यसरी क्रिप्टोकरेन्सीले त्यस्ता कारोबारहरूलाई विकेन्द्रीकृत बनाउँछ । त्यसको लगत्तै सन् २००९ मा सातोशी नाकामोटोले पहिलो क्रिप्टोकरेन्सी बिटकोइन ल्याएका थिए । जब तपाई क्रिप्टोकरेन्सी रकम ट्रान्सफर गर्नुहुन्छ, कारोबार सार्वजनिक खातामा रेकर्ड हुन्छन् । क्रिप्टोकरेन्सी डिजिटल वालेटहरूमा भण्डार गर्ने गरिन्छ ।

क्रिप्टोकरेन्सीमा कारोबार प्रमाणित गर्न इन्क्रिप्सन प्रयोग गर्ने गर्दछ, जो वालेट र सार्वजनिक खाता बीच क्रिप्टोकरेन्सी डाटा भण्डारण र प्रसारणमा संलग्न हुन्छ । सन् २०२४ सम्म विश्वमा १३,२१७ क्रिप्टोकरेन्सी रहेका छन् जसमध्य ८,९८५ क्रिप्टोकरेन्सीहरु सक्रिय रहेका छन् । 

क्रिप्टोकरेन्सी कति प्रकारका हुन्छन् ?

१. बिटक्वाइन (बिटीसी)

बिटक्वाइन विश्वकै पहिलो क्रिप्टोक्यरेन्सी हो । बिटक्वाइन (बिटीसी) उच्च अस्थिरता हुँदाहुँदै पनि सबैभन्दा लोकप्रिय र अत्यधिक मूल्यवान क्रिप्टोकरेन्सी रहेको छ । बिटक्वाइनलाई डिजिटल भुक्तानी प्रणालीको रूपमा प्रयोग गर्नका लागि बनाइएको थियो, तर डिजिटल भुक्तानीको लागि यो प्रयोग गर्नु अझै धेरै अस्थिर रहेको विशेषज्ञको भनाइ छ । 

२. इथेरियम (ईटिएच)

इथर (ईटिएच) इथेरियम नेटवर्कको क्रिप्टोकरेन्सी हो । यो एक ओपन–सोर्स ब्लकचेन हो, जसमा डेभलपर्सले एप र अन्य क्रिप्टोकरेन्सीहरू बनाउन सक्छन् । मार्केट भ्यालुको हिसाबले यो बिटक्वाइनपछि दोस्रो ठूलो क्रिप्टोकरेन्सी हो । सन् २०१३ मा यसको निर्माणपछि इथरको मूल्य तीव्र रूपमा बढेको छ ।

३. बाइनान्स क्वाइन(बिएनबी)

बाइनान्स क्वाइन, बाइनान्सद्वारा जारी गरिएको क्रिप्टोकरेन्सी हो, जो विश्वका सबैभन्दा ठूला क्रिप्टो एक्सचेन्जहरू मध्ये एक हो । मूल रूपमा बाइनान्स क्वाइन ट्रेडहरूको भुक्तानीका लागि टोकनको रूपमा बनाइएको भए पनि अहिले बाइनान्स क्वाइनको प्रयोग भुक्तानीका साथै विभिन्न वस्तु र सेवाहरूको खरीदका लागि पनि गर्न सकिन्छ ।

४. टेदर (यूएसडीटी)

टेदर (यूएसडीटी) एक स्थिर मुद्रा हो र यो  अमेरिकी डलरसँग जोड्ने पहिलो क्रिप्टोकरेन्सीहरू मध्ये एक हो । मार्केट क्यापिटलाइजेशनको हिसाबले टेदर सबैभन्दा ठूलो स्थिर मुद्रा पनि हो ।

५. सोलाना (एसओएल)

मार्च २०२० मा सार्वजनिक गरिएको, सोलाना एक नयाँ क्रिप्टोकरेन्सी हो । यसले कारोबार पूरा गर्ने गति र आफ्नो वेब–स्केल प्लेटफर्मको समग्र मजबूतीको दाबी गर्दछ ।

६. यूएसडी क्वाइन (यूएसडीसी)

यूएसडी क्वाइन (यूएसडीसी) आफैंलाई विश्वको डिजिटल डलर भनिन्छ । सर्कल नामक एक ग्लोबल फाइनान्सियल कम्पनीद्वारा बनाइएको, यूएसडीसीको निर्माण गोल्डम्यान स्याक, बाईडु, र आईडिजी क्यापिटलद्वारा गरिएको लगानीको परिणाम हो ।

यूएसडीसी अमेरिकी डलरसँग जोडिएको छ, जसले यसको मूल्यलाई अन्य क्रिप्टोकरेन्सीहरूको तुलनामा धेरै स्थिर बनाएको छ । जबकि अन्य क्रिप्टाकरेन्सीहरूमा लगानीको रूपमा मूल्यमा वृद्धि हुने सम्भावना बढी हुन्छ ।

७. कारडानो (एडिए) 

कार्डानो (एडिए) ओरोबोरोस नामक एक प्रविधिको प्रयोग गर्छ, जुन एक पियर–रिभ्यूड ब्लकचेन प्रोटोकल हो । यस क्रिप्टोकरेन्सीले विकेन्द्रिकरणलाई कायम राख्नका लागि आफैंलाई बढी सुरक्षित र स्केलेबल तरिका बताउने बताइएको छ । 

८. एक्सआरपी 

एक्सआरपी, रिप्पल डिजिटल भुक्तानी नेटवर्कको क्रिप्टोकरेन्सी हो । डिजिटल भुक्तानीका लागि निर्मित, एक्सआरपी ग्लोबल पेमेन्ट्सलाई सशक्त बनाउने राम्रो माध्यम हो । 

९. टेर्रा (लुना)

टेर्रा एक यस्तो प्लेटफर्म हो जसले डलर वा यूरो जस्ता वास्तविक मुद्राहरूको आधारमा स्थिर मुद्राको श्रृंखला समर्थन गर्न मद्दत गर्छ । टेर्रा विभिन्न प्राविधिक साधनमार्फत स्थिर मुद्राहरूको मूल्य स्थिर गर्न मद्दत गर्छ, र यसले स्मार्ट कन्ट्र्याक्टहरूको पनि समर्थन गर्छ ।

१०. पोल्काडट (डट)

मे २०२० मा लन्च गरिएको पोल्काडट एक डिजिटल मुद्रा हो जसले धेरै फरक क्रिप्टोकरेन्सीहरूबाट ब्लकचेन प्रविधिलाई जोड्छ । इथेरियमको एक सह–संस्थापक पोल्काडोट्सका आविष्कारकहरू मध्ये एक हो । पोल्काडटले इथेरियमलाई प्रतिस्थापन गर्न चाहेको विशेषज्ञले बताएका छन् । 

११. एभालान्च (एभिएएक्स)

एभालान्च एक फास्ट र कम लागत भएको स्मार्ट कन्ट्र्याक्ट–आधारित ब्लकचेन प्लेटफर्म हो, जसले विकेन्द्रीकृत एप बनाउन र कस्टम ब्लकचेनको निर्माणलाई सहज बनाउन केन्द्रित छ । यसका प्रयोगकर्ता मूल एभिएएक्स टोकनमा लेनदेन प्रक्रियामा सहभागी हुन सक्छन् ।

१२. डजक्वाइन (डोज)

डजकोइन (डोज) मूल रूपमा एक मिम वा पारोडी क्रिप्टोकरेन्सीको रूपमा बनाइएको थियो । तर यसले २०२१ को सुरुवातमा मूल्यमा वृद्धि भएपनि पछि भनेको घटेको थियो ।