कीवर्डहरू -

एप परमिशन स्वीकार गर्नु अघि सोच्नुहोस्, तपाईको डाटा कसरी दुरुपयोग भइरहेको छ?

एप परमिशन स्वीकार गर्नु अघि सोच्नुहोस्, तपाईको डाटा कसरी दुरुपयोग भइरहेको छ?

तपाईंले प्रायः महसुस गर्नुभएको होला कि जब तपाईं कुनै प्रोडक्ट किन्नेबारे सोच्नुहुन्छ, त्यसको केही समयपछि त्यो प्रोडक्टको विज्ञापन तपाईंको मोबाइलमा देखिन थाल्छ । तपाईं सोशल मिडिया स्क्रोल गरिरहनुभएको होस् वा कुनै अर्को एप प्रयोग गरिरहनुभएको होस्, त्यो प्रोडक्टसँग सम्बन्धित विज्ञापनहरू बारम्बार देखा पर्न थाल्छन् । के तपाईंले कहिल्यै सोच्नुभएको छ — यस्तो किन हुन्छ?

साँचो कुरा के हो भने तपाईंको स्मार्टफोन, विशेषगरी एन्ड्रोइड डिभाइस, तपाईंका कुरा सुन्छन् र त्यसकै आधारमा विज्ञापन देखाउँछन् । यसको पछाडि गुगलको एक फिचर काम गरिरहेको हुन्छ, जसले तपाईंको फोनको माइक्रोफोन प्रयोग गरेर तपाईंका कुराकानी सुन्छ । यदि तपाईंले यो सेटिङ बन्द गर्नुभएन भने, तपाईंका व्यक्तिगत कुराहरू पनि कम्पनीहरूमा पुग्न सक्छन्, जसले तपाईंको गोपनीयतालाई खतरा पु¥याउन सक्छ ।

धेरैजसो मानिसहरू एप इन्स्टल गर्दा ध्यान नदिएर सबै परमिशन स्वीकार गरिहाल्छन् । डेभलपर्सले तपाईंको लोकेशन, माइक्रोफोन, क्यामेरा र कन्ट्याक्ट्स  पहुँचको अनुमति लिएर तपाईंको व्यक्तिगत जानकारीको दुरुपयोग गर्न सक्छन् । त्यसैले कुन एपलाई कुन अनुमति दिइँदैछ भन्ने कुरा ध्यानपूर्वक हेर्नु अत्यन्तै जरुरी हुन्छ — के त्यो अनुमति साँच्चै आवश्यक छ वा छैन् भनेर ।

एन्ड्रोइड फोनमा माइक्रोफोनको सहयोगले गुगल तपाईंको कुराकानी सुन्छ, तर सुखद कुरा के छ भने तपाईंले सेटिङ्समा गएर यो फिचर बन्द गर्न सक्नुहुन्छ । यसरी गर्दा तपाईंको प्राइवेसी धेरै हदसम्म सुरक्षित राख्न सकिन्छ ।

सेटिङ्समा यस्ता परिवर्तन गर्नुहोस् :

सबैभन्दा पहिले तपाईंको फोनको सेटिङ्समा जानुहोस् । त्यहाँबाट गुगलमा ट्याप गर्नुहोस् । यति गरेपछि म्यानेज योर गुगल एकाउन्टमा क्लिक गर्नुहोस् ।

अब डेटा एन्ड प्राइवेसी सेसनमा जानुहोस् । त्यसपछि वेब एन्ड एप एक्टिभिटीमा क्लिक गर्नुहोस् ।

त्यहाँ तपाईंलाई भ्वाइस एन्ड अडियो एक्टिभिटीको विकल्प देखिनेछ । त्यस विकल्पको छेउमा रहेको बक्स अनचेक गर्नुहोस् ।

जति नै तपाईंले यी सेटिङ परिवर्तन गर्नुहुन्छ, तपाईंको फोनले तपाईंको कुराकानी सुन्न बन्द गर्नेछ र तपाईंको गोपनीयता थप सुरक्षित हुनेछ ।