कीवर्डहरू -

फेसबुकमा गेम रिक्वेस्ट कसरी रोक्ने ?

फेसबुकमा गेम रिक्वेस्ट कसरी रोक्ने ?

फेसबुकमा आएको गेम रिक्वेस्टले धेरै प्रयोगकर्तालाई समस्यामा पारेको छ । यद्यपि अहिले गेम रिक्वेस्ट विरलै आउँछन् तर नआउने भन्ने पनि हुँदैन् । आज हामी तपाईलाई फेसबुकमा गेम रिक्वेस्ट रोक्ने उपाय बताउदै छौँ।

फेसबुक एपमा गएर दायाँ छेउमा देखाइएको त्रिकोण आइकनमा क्लिक गरेर सेटिङमा जानुहोस् र खुला ट्याबमा बाँयामा देखाइएको ब्लकिङमा क्लिक गर्नुहोस् ।

अब तपाईको अगाडि ‘म्यानेज ब्लकिङ’ पेज खुल्नेछ, जसको तल ‘ब्लक एप्स’ को विकल्प देखिनेछ । यसमा तपाईले रोक्न चाहेको खेलको नाम लेख्नुहोस् । अब तपाईले देखा पर्ने नाममा क्लिक गर्ने बित्तिकै त्यो खेल ब्लक हुनेछ ।

योसँगै केही फेसबुक फ्रेन्डको गेम रिक्वेस्ट रोक्न यस पृष्ठको फेदमा ’ब्लक इनभाइट्स फ्रम’ को विकल्प देखा पर्नेछ । अब अगाडि देखिने सर्च बारमा साथीको नाम लेख्नुहोस् र क्लिक गर्नुहोस् । यस पछि त्यो साथीले तपाइँलाई खेल अनुरोध पठाउन सक्षम हुनेछैन् ।