काठमाडौं । यदि तपाईं आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने, हातले लेखिएका नोटलाई डिजिटल टेक्स्टमा बदल्न अब छुट्टै एप डाउनलोड गर्नुपर्ने आवश्यकता छैन । Apple Notes एपमा रहेको Live Text सुविधाको प्रयोग गरेर हातले लेखिएको सामाग्रीलाई सजिलै डिजिटल टेक्स्टमा रूपान्तरण गर्न सकिन्छ ।
यो सुविधाले कक्षा, बैठक वा अन्य स्थानमा कागजमा टिपोट गरिएका नोटहरू फेरि टाइप गर्नुपर्ने झन्झट हटाइदिन्छ । साथै, आइफोनमै रहेको स्क्यानर प्रयोग गरेर कागजातलाई PDF का रूपमा स्क्यान गर्न पनि सकिन्छ ।
यद्यपि, यो सुविधा प्रभावकारी रूपमा काम गर्नका लागि हातको लेखाइ स्पष्ट र पढ्न मिल्ने हुनुपर्छ । लेखाइ अस्पष्ट भएमा आइफोनले शब्दहरू सही रूपमा पहिचान गर्न नसक्ने र टेक्स्टमा त्रुटि आउन सक्ने सम्भावना हुन्छ ।
हातले लेखिएका नोटलाई डिजिटल टेक्स्टमा रूपान्तरण गर्ने तरिका
- Notes एप खोल्नुहोस् ।
- नयाँ नोट बनाउनुहोस् वा पहिलेको नोट खोल्नुहोस् ।
- नोटभित्र ट्याप गरी तल देखिने Camera आइकनमा थिच्नुहोस् ।
- Scan Text विकल्प चयन गर्नुहोस् ।
- क्यामेरालाई हातले लेखिएको नोटतर्फ देखाउनुहोस् ।
- केही सेकेन्डपछि आइफोनले लेखाइ पहिचान गर्नेछ ।
- Insert मा ट्याप गरेपछि नोट डिजिटल टेक्स्टका रूपमा Notes एपमा सुरक्षित हुनेछ ।
कागजात स्क्यान गर्ने तरिका
- Notes एपमा गएर Camera आइकनमा ट्याप गर्नुहोस् ।
- Scan Documents विकल्प चयन गर्नुहोस् ।
- क्यामेरालाई कागजाततर्फ देखाएर आवश्यक परे Crop मिलाउनुहोस् ।
- Save गरेपछि स्क्यान गरिएको कागजात Notes एपमा सुरक्षित हुनेछ ।
यो सुविधा प्रयोग गर्न iOS को नयाँ संस्करण तथा Live Text सपोर्ट गर्ने आइफोन आवश्यक पर्छ ।
आईसीटी समाचार