कीवर्डहरू -

पीडीएफ फाइल एडिट गर्नुपर्‍यो ? यस्तो छ सरल तरिका

पीडीएफ फाइल एडिट गर्नुपर्‍यो ? यस्तो छ सरल तरिका

पिडिएफ फाइलमार्फत जानकारी सेयर गर्न सजिलो हुन्छ । शयेर गर्न मात्रै होइन, हेर्न र खोल्न समेत सजिलो हुन्छ । 

तर कुनै कहिलेकाँही बनाएको पीडीएफमा गल्ती वा परिवर्तन भएमा सम्पादन गर्न अलि झन्झट हुन्छ । यो तपाई हामी धेरैले भोगेको समस्या हो ।

त्यसकारण आज हामी पीडीएफ फाइल एडिट अर्थात सम्पादन गर्ने एउटा तरिकाको बारेमा जानकारी दिदैछौं, जसबाट तपाईले सजिलै पिडिएफ फाइल एडिट गर्न सक्नुहुन्छ । 

पीडिएफ फाइल सम्पादन गर्न कुनै एप वा सफ्टवेयर डाउनलोड गरिरहनु पर्दैन् । पीडीएफ फाइललाई डाउनलोड गर्ने काम तपाई एउटा वेबसाइटबाटै गर्न सक्नुहुन्छ । 

त्यसका लागि सुरूमा पिडिएफ स्केप खोज्नुहोस् वा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि अनलाइन पीडीएफ एडिटरको विकल्प देख्नुहुनेछ । 

सो विकल्पको मुनि फ्री अनलाइन भन्ने लेखिएको छ, त्यसमा क्लिक गर्नुहोस् र एडिट गर्नुपर्ने पीडीएफ फाइल अपलोड गर्नुहोस् । यो सेवा प्रयोग गर्न कुनै शुल्क लाग्दैन् तर निःशुल्क सेवा प्रयोग गर्नका लागि अपलोड गर्ने फाइल १० एमबी भन्दा कम र १०० पेजभन्दा कम हुनुपर्नेछ । 

अपलोड गरेपछि तपाईले आफ्नो आवश्यकता अनुसार फाइल एडिट गर्न सक्नुहुनेछ । यस बाहेक पिडिएफ स्केपमा अन्य पीडीएफ सम्बन्धि सुविधा पनि उपलब्ध छन, ती सुविदा समेत प्रयोग गर्न सकिने छ ।