देशका विभिन्न ठाउँमा वर्षा सुरू भएको छ । यसअघि नै जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म पानी पर्ने बताइसकेको छ ।
प्रशासनले बाढी, पहिरोबाट हुने जनधनको क्षती रोक्न आवश्यक सतर्कता अपनाएको छ । सकेसम्म असोज २० सम्म प्रशासनले यात्रा नगर्न आग्रह गरेको छ । काठमाडौंबाट बाहिरिने र भित्रिने लामो दुरीका सवारीसाधन समेत २० गतेसम्मका लागि बन्द गरिएको छ ।
यदी तपाईलाई बाढी तथा मौसमको जानकारी चाहियो भने साथै विभागले ११५५ टोल फ्री नम्बरमा फोन गर्न सकिन्छ । त्यसमा १ थिचेपछि मौसम र २ थिचेपछि बाढी सम्बन्धि जानकारी पाइन्छ ।
विभागले बाढी तथा मौसम सम्बन्धि जानकारी फेसबुक (बाढी तथा मौसम), भाइबर, एक्स (बाढी तथा मौसम), टिकटक, युट्युब जस्ता माध्यमबाट पनि दिने गरेको छ ।
यस बाहेक सरकारले यस्तौ सूचना दिने भनेर विपद् पोर्टल बनाएको छ । जहाँबाट बाढी, पहिरो, भूकम्प, पानी जस्ता प्राकृतिक जोखिमको लाइभ अपडेट पाउन सकिन्छ ।
साथै विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको सामाजिक सञ्जाल (फेसबुक, एक्स), विभिन्न सडक डिभिजन कार्यालयका सामाजिक सञ्जाल, नेपाल प्रहरी जस्ता निकायबाट आवश्यक जानकारी लिन सकिन्छ ।