डब्लुडब्लुडीसी २०२५ इभेन्टको केही घण्टामै एप्पलले आईओएस २६ को पहिलो डेभलपर अपडेट औपचारिक रूपमा रिलिज गरेको छ । यो अपडेटले आईफोनलाई नयाँ लुक प्रदान गर्दैछ र यसमा धेरै एआई–विशेषताहरू थपिएका छन् ।
यद्यपि यो अपडेट अहिले केवल डेभलपरहरूका लागि हो, तर यदि तपाईं चाहनुहुन्छ भने यसलाई आफ्नो फोनमा पनि इन्स्टल गर्न सक्नुहुन्छ । तर यसको लागि पहिले तपाईंको हातमा आईओएस २६ समर्थित उपकरण हुनुपर्छ अनि उपकरणमा कम्तिमा १५–२० जीबी खाली स्थान हुनु आवश्यक छ ।
योग्य उपकरण भएका प्रयोगकर्ताहरूले कुनै अतिरिक्त खर्च बिना नयाँ ओएस इन्स्टल गर्न सक्दछन् । आईओएस २६ मा सबैभन्दा ठूलो परिवर्तन यसको लिक्विड ग्लास डिजाइन हो, जसले इन्टरफेसलाई अनुप्रयोग र मेनुहरूमा सफा पारदर्शी लुक दिएको छ ।
तर कम्पनीले यस अपडेटमा दृश्य प्रभाव मात्र होइन, धेरै नयाँ सुविधा पनि थपेका छन् । सन्देश र फेसटाइममा प्रत्यक्ष अनुवाद, स्मार्ट कल स्क्रिनिङ उपकरण र होल्ड असिस्ट जस्ता उत्कृष्ट सुविधा पाइन्छन् । अब स्टेप बाइ स्टेप जानौँ कसरी आफ्नो आईफोनमा नयाँ आईओएस २६ इन्स्टल गर्नेः
आईओएस २६ डेभलपर बेटा अपडेट कसरी इन्स्टल गर्ने?
१. सबैभन्दा पहिले एप्पल डेभलपर साइटमा जानुहोस् ।
२. माथि बायाँपट्टि रहेको मेनु आइकन (≡) मा क्लिक गर्नुहोस् ।
३. खुल्ने मेनूबाट अन्तिममा रहेको “अकाउन्ट” विकल्प छनौट गर्नुहोस् ।
४. आफ्नो एप्पल आइडीबाट लगइन प्रक्रिया पूरा गर्नुहोस् ।
५. लगइनपछि “आईओएस २६” सेक्सनमा गई “एनरोल” अप्सनमा क्लिक गर्नुहोस् ।
६. यसले तपाईंको एप्पल आइडीलाई डेभलपर बीटा प्रोग्राममा एनरोल गर्नेछ ।
७. अब आफ्नो फोनमा सेटिङ्मा गएर जनरलमा गई सफ्टवेयर अपडेटमा जानुहोस् ।
८. त्यहाँ “बेटा अपडेट्स” विकल्प सक्षम गरी “आईओएस २६ डेभलपर बेटा” चयन गर्नुहोस् ।
९. अपडेट पृष्ठमा फर्कँदा “डाउनलोड र इन्स्टल” विकल्प देखिनेछ ।
१०. त्यसमा क्लिक गर्दा नयाँ ओएस तपाईंको फोनमा इन्स्टल हुनेछ ।
नयाँ आईओएस २६ बीटा अपडेट केवल आईफोन ११ वा सोभन्दा नयाँ मोडलमा मात्र उपलब्ध छ । तपाईँको उपकरण पहिले नै स्थिर आईओएस १८.५ मा अपडेट गरिएको हुनुपर्छ ।
डाउनलोडका लागि करिब १५ जीबी खाली स्थान आवश्यक पर्छ ।यो बीटा अपडेट भएकाले इन्स्टल गर्नुअघि फोनको पूरा ब्याकअप अवश्य लिनुहोस् ।