कीवर्डहरू -

नेपाल टेलिकमको सेवा प्रयोग गरेर कसरी थाहा पाउने एसईईको नतिजा ?

नेपाल टेलिकमको सेवा प्रयोग गरेर कसरी थाहा पाउने एसईईको नतिजा ?

एसईई परीक्षाको नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०८० सालको एसईई परीक्षाको नतिजा आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने छ । 

नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ । 

त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE <space> <symbol number>) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । उदाहरणका लागि (SEE 12345678A) टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ । 

नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np  मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ । 

नतिजा प्रकाशित भएको केही समय पश्चात यो सुविधा उपयोग गर्न सकिने छ । यसबाट सम्पूर्ण विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा छ ।