कीवर्डहरू -

निःशुल्क वेबसाइट बनाउन चाहनुहुन्छ ? उपयोगी हुन सक्छ यो तरिका

निःशुल्क वेबसाइट बनाउन चाहनुहुन्छ ? उपयोगी हुन सक्छ यो तरिका

डिजिटल युगमा कुनै पनि व्यवसायको वेबसाइट हुनु अपरिहार्य जस्तै भइसकेको छ । यो व्ययवसायको पहिलो चिनारी समेत हो । 

वेबसाइट बनाउन, डोमेनदेखि होस्टिङसम्मका लागि पैसा खर्च गर्नुपर्ने हुन्छ भने डिजाइनका लागि पनि छुट्टै शुल्क तिर्नुपर्ने हुन्छ । 

तर आज हामी तपाईले निःशुल्क वेबसाइट बनाउन सकिने विश्वसनीय तरिकाको बारेमा जानकारी दिदैछौं । यदी तपाई पनि आफ्नो व्यवसाय, अनलाइन स्टोर, ब्लग, इभेन्ट आदिको वेबसाइट बनाउन चाहनुहुन्छ भने तपाईको लागि उपयोगी हुन सक्छ, ओडू । 

ओडू एउटा यस्तो अल इन वान ईआरपी सफ्टवेयर हो, जहाँ आफ्नो व्यवसायलाई डिजिटलाइज गर्न सबै सुविधाहरू एकै ठाउँमा पाइन्छन् । यसले विभिन्न सेवाका लागि फरक फरक सफ्टवेयर खरिद गर्ने झन्झट समेत अन्त्य गरेको छ । 

ओडूबाट कसरी बनाउने निःशुल्क वेबसाइट ? 

हाजिरी, अकाउन्टिङ, सीआरएम, वेबसाइट, प्रोजेक्ट व्यवस्थापन, इन्भेन्ट्री, सिग्नेचर, पोइन्ट अफ सेल्स, मार्केटिङ, रेन्टल, प्लानिङ, एचआर, हेल्पडेस्क, छलफल जस्ता काम एउटै प्लेटफर्म ओडूबाट गर्न सकिन्छ । 

तर यी मध्ये कुनै पनि एउटा सेवा ‘लाइफटाइम’ निःशुल्क प्रयोग गर्न सकिन्छ । त्यसैकारण आज हामी निःशुल्क वेबसाइट बारे जानकारी दिदैछौं । तपाईले आवश्यकता अनुसार उपलब्ध कुनै पनि एउटा सेवा सधैं निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ । 

यसमा तपाईले आफ्नो क्रेडिट कार्डको जानकारी समेत दिनु पर्दैन् । ओडूबाट निःशुल्क वेबसाइट बनाउन सुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि वेबसाइटमा क्लिक गरेर कन्टिन्यूमा थिच्नुहोस् । 

कन्टिन्युमा थिचेपछि त्यहाँ आफ्नो नाम, इमेल लगायतको विवरणहरू राख्नुहोस् र स्टार्ट नाउमा क्लिक गर्नुहोस् । अब तपाईले आफ्नो वेबसाइट मात्र ४ चरणमा बनाउन सक्नुहुन्छ । 

यसका लागि पहिला बिजनेस, अनलाइन स्टोर, ब्लग, इभेन्ट, इलर्निङ लगायत कस्तो खालको वेबसाइट बनाउन चाहनु भएको हो, त्यो छनौट गर्नुहोस् । त्यसपछि के बिजनेस हो छनौट गरेर कुन उद्देश्यका लागि वेबसाइट बनाउँदै हुनुहुन्छ त्यो पनि राख्नुहोस् । 

अब क्लर प्यालेट छनौट गरेर अगाडि बढ्नुहोस् (लोगो अपलोड गर्नु भयो भने सिस्टमले आफै कलर प्यालेट डिटेक्ट गर्नेछ) । अनि पेज, फिचर तथा थिम छनौट गर्नुहोस् र छनौट गरेपछि वेबसाइटको एउटा ढाँचा तयार हुनेछ । 

आवश्यकता अनुसार ‘ड्रयाग एण्ड ड्रप’ गरेर वेबसाइट आफ्नो आवश्यकता अनुसार सजिलै परिमार्जन र आकर्षित गर्न सकिन्छ । यो प्रक्रिया पनि एकदमै सजिलो छ । आवश्यकता अनुसार वेबसाइटको थिम पनि परिवर्तन गर्न सकिने छ । 

अनि कन्फ्युगेरेसनमा गएर सेटिङ परिमार्ज गर्न र कस्टम डोमेन नेम समेत राख्न सकिने छ । ओडूमा एक वर्षका लागि कस्टम डोमेन नाम निःशुल्क पाइने छ । त्यसपछि पनि डोमेन नामको शुल्क तिर्नुपर्नेछ । तर ओडूको सब डोमनमा आफ्नो वेबसाइट बनाउन सधैं निःशुल्क रहेको छ । 

यदी तपाईसँग पहिले नै कुनै डोमेन छ भने त्यसलाई समेत एड गर्न सक्नुहुनेछ । ओडूमा वेबसाइट होस्टिङ सुविधा निःशुल्क रहेको छ । एआई राइटरको समेत सुविधा रहेको यसमा साइटको एनालाइटिक्स समेत त्यही हेर्न सकिने सुविधा रहेको छ ।