कीवर्डहरू -

ह्वाट्सएप मेटा एआईमा जीआईएफ बनाउन सकिने फिचर थप

ह्वाट्सएप मेटा एआईमा जीआईएफ बनाउन सकिने फिचर थप

मेटा एआईमा कस्टम जिआईएफ बनाउने सकिने फिचर थप भएको छ । मेटा एआईको यो फिचर ह्वाट्सएमा समेत प्रयोग गर्न सकिने छ । 

ह्वाट्सएपमा जीआईएफ बनाउने एआई प्रयोग गर्न नयाँ अपडेट इन्स्टल गर्न सकिने छ । यसपश्चात ह्वाट्सएप खोल्नुहोस् । त्यसपछि च्याटबक्समा दायाँ पट्टि लिङ्क जस्तै आइकनमा ट्याप गर्नुहोस् ।

अब तपाईंको अगाडि सबैभन्दा तल ’इम्याजिन’ को विकल्प हुनेछ । त्यसमा ट्याप गर्नुहोस् । अब जसको इमेज चाहिन्छ, त्यसको बारेमा प्रम्प्ट दिनुुहोस् । केही समयमै तपाईंले बनाउन चाहे जस्तै ईमेज बन्नेछ । 

अब तपाईंले जेनेरेट गरेको इमेजलाई एनिमेट गर्न चाहनुहुन्छ भने त्यसका लागि तपाईंलाई इमेजको तल एनिमेटको अप्शन देखिनेछ, त्यसमा ट्याप गर्नुहोस् । त्यहीसँगै तल सेन्डको आइकन देखिनेछ, त्यसमा ट्याप गरेर इमेजलाई कसैसँग पनि सेयर गर्न सक्नुहुन्छ ।

तर सयले जीआईएफ बनाउने भन्दा पनि अन्य धेरै काम गर्न सक्षम छ । यो टूलले प्रयोगकर्ताहरूलाई उनीहरूको दैनिक जीवनमा मद्दत गर्ने विभिन्न प्रकारका सुविधाहरू दिनेछ ।

मेटा एआईबाट तपाईं कुनै पनि कुराको बारेमा सुझाव लिन सक्नुहुन्छ । यसको माध्यमबाट तपाईं ट्रिपको लागि योजना बनाउन सक्नुहुन्छ ।

ह्वाट्सएप मेटा एआईले तपाईंका कुनै पनि प्रश्नको सजिलो भाषामा जवाफ दिन्छ । यहाँ कठिन भन्दा कठिन प्रश्नको जवाफ सजिलो भाषामा पाउन सकिने छ ।

यस बाहेक लामो–लामो प्याराग्राफ पढ्नबाट मुक्ति पाउन चाहनुहुन्छ भने यो टूल तपाईंको कामको हो । यहाँ टेक्स्टलाई सानो–सानो प्वाइन्टमा समराइज गर्न सकिन्छ ।

यो टूलको प्रयोग ग्रुप छलफलमा समेत प्रयोग गर्न सकिने छ । कुराकानीको क्रममा मेटा एआईको मद्दत लिन सकिन्छ ।