कीवर्डहरू -

इसेवाबाट कसरी गर्ने मेरो सेयर र डिम्याट खाता नवीकरण ?

इसेवाबाट कसरी गर्ने मेरो सेयर र डिम्याट खाता नवीकरण ?

हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ । यदी तपाई घरमै बसेर मेरो सेयर र डिम्याट खाता नवीकरण गर्न चाहनुहुन्छ भने इसेवा एउटा विकल्प हुन सक्छ । 

यसका लागि सुरूमा इसेवा एप खोल्नुहोस् । त्यसपछि इसेवा एपभित्र रहेको फाइनान्सियल पेमेन्टभित्र रहेको मेरो सेयर एण्ड डिम्याट अप्सनमा जानु पर्ने हुन्छ । 

अनि आफ्नो निक्षेप सदस्य (डिपी) छानेर क्याइन्ट आईडीमा आफ्नो बिओआइडीको अन्तिम ८ अंक राख्नु पर्छ । अब आफूले नवीकरण गर्न चाहेको मेरो सेयर अथवा डिम्याट दुबै छानेर भुक्तानी गर्न सकिने छ । 

इसेवाले ग्राहकहरूलाई मेरो सेयर÷डिम्याट नवीकरण गर्दा लक्की ड्रमार्फत् हरेक हप्ता १ थान बेन्को स्मार्ट फोन १ जना भाग्यशालीलाई दिँदै आएको छ । यो अफर भदौ ३ गतेसम्म कायम रहने छ।