कीवर्डहरू -

एनभिडिया चीनमा बन्द भएपछि हुवावेले घोषणा गर्‍यो नयाँ एआई इन्फ्रास्ट्रक्चर

एनभिडिया चीनमा बन्द भएपछि हुवावेले घोषणा गर्‍यो नयाँ एआई इन्फ्रास्ट्रक्चर

चीनमा एनभिडियाको हार्डवेयर खरिदमा प्रतिबन्ध लगाइएपछि, चिनियाँ प्रविधि कम्पनी हुवावेले आफ्नै एआई इन्फ्रास्ट्रक्चर सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार सेन्जेनमा आयोजित ह्वावे कनेक्ट कन्फेरेन्समा नयाँ सुपरपड इन्टरकनेक्ट प्रविधि अनावरण गरेको हो

यसले एआई कम्प्युटिङ क्षमतामा वृद्धि गर्ने बताइएको छ। यस प्रविधिबाट हुवावेका आफ्नै एसेन्ड एआई चीप्ससहित १५ हजारसम्म ग्राफिक्स कार्डहरूलाई आपसमा जडान गर्न सकिनेछ । यसले उच्चस्तरको कम्प्युटिङ शक्ति उपलब्ध गराउने र एआई प्रणालीको प्रशिक्षण तथा विस्तारमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

यो प्रविधि एनभिडियाको एनभी लिंक जस्तै मानिएको छ, जसले एआई चिपबीच तीव्र डेटा आदान–प्रदान सम्भव बनाउँछ । यद्यपि हुवावेका एआई चिपहरू एनभिडियाको तुलनामा कम शक्तिशाली मानिन्छन्, तर धेरै चिपलाई क्लस्टर गरेर प्रयोग गर्दा प्रयोगकर्ताले ठूलो कम्प्युटिङ शक्ति पाउनेछन्।

यसअघि चीन सरकारले आफ्ना प्रविधि कम्पनीहरूलाई एनभिडियाको हार्डवेयर, विशेषगरी चीनको बजारका लागि बनाइएका RTX Pro 600D servers, खरिद गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको थियो।