कीवर्डहरू -

सिड्स फर द फ्युचर नेपालका ६ जना विद्यार्थी चीनमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्दै

सिड्स फर द फ्युचर नेपालका ६ जना विद्यार्थी चीनमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्दै

ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ उत्कृष्ट विद्यार्थीहरू यही सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने भएका छन् । 

आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, समिप अर्याल, र समृद्धि कार्कीले चीनमा हुने ‘टेक फर गुड’ क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका हुन् । 

चीनमा रहँदा उनीहरूले विश्वस्तरीय तालिम, मार्गदर्शन र वास्तविक व्यवसायिक अनुभव समेत विद्यार्थीहरूले प्राप्त गर्नेछन् । चीनमा हुने यस क्षेत्रीय प्रतियोगिताले विद्यार्थीहरूलाई डिजिटल पावर सोलुसनहरू, क्लाउड कम्प्युटिङ, र कृत्रिम बुद्धिमत्तामा प्रत्यक्ष अनुभव दिने ह्वावेको विश्वास छ । 

साथै उनीहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय व्यवसायिक नेतृत्वहरूसँग भेटघाट गर्ने अवसर पनि प्रदान गरिनेछ । उनीहरूले ह्वावेका विश्वव्यापी अनुसन्धान र विकास केन्द्रका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यशालाहरूमा सहभागीता जनाउनेछन् ।

प्रतिस्पर्धाका अतिरिक्त, सहभागीहरूले चीनको प्रगतिशील डिजिटल परिदृश्यको अन्वेषण गर्ने, उदाउँदा प्रविधि कम्पनीहरूसँग अन्तक्र्रिया गर्ने, र तिव्र प्राविधि विकाससँग जोडिएको संसारको निर्माणमा आइसिटिको भूमिका अझ गहिरो रूपमा बुझ्ने अवसर प्राप्त गर्नेछन् ।

यस वर्षको सिड्स फर द फ्युचर कार्यक्रमले स्थानीय आइसिटी प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । नविनता र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ।

यो कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो । जसले युवा विद्यार्थीहरुलाई डिजिटल नविनता र सामाजिक समृद्धिमा योगदान पुर्‍याउन सहयोग गर्दछ ।

नेपालमा यो कार्यक्रम २०१९ मा सुरू भएको हो, जसले देशको प्रविधि परिदृश्यलाई आकार दिनका लागि दर्जनौं विद्यार्थीहरूलाई प्रेरित गरिरहेको छ।