कीवर्डहरू -

हल्ट प्राइज पुल्चोक क्याम्पस २०२६ को शीर्ष प्रायोजकमा हिमा अस अफसोर

हल्ट प्राइज पुल्चोक क्याम्पस २०२६ को शीर्ष प्रायोजकमा हिमा अस अफसोर

हल्ट प्राइज एट आइओइ पुल्चोक क्याम्पसले २०२६ संस्करणको शीर्ष प्रायोजकमा हिमा अस अफसोर रहने भएको छ । सम्झौतापत्रमा हिमा अस अफसोरका मार्केटिङ म्यानेजर अनुप आचार्य र हल्ट प्राइज पुल्चोकका क्याम्पस डाइरेक्टर रौनक मिश्राले हस्ताक्षर गरेका थिए।

सम्झौतापछि अनुप आचार्यले सहकार्यले नेपाली विद्यार्थीहरूलाई विश्वस्तरका अवसरप्रति प्रोत्साहित गर्ने र नवप्रवर्तनमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, रौनक मिश्राले हिमा अस अफसोरप्रतिको विश्वास र समर्थनका लागि धन्यवाद ज्ञापन गर्दै २०२६ सिजनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

विश्वकै सबैभन्दा ठूलो विद्यार्थी–केन्द्रित सामाजिक उद्यमशीलता प्रतियोगितामध्ये मानिने हल्ट प्राइजलाई धेरैजसो “स्टुडेन्ट्स नोबेल प्राइज” को रूपमा पनि चिनिन्छ। संयुक्त राष्ट्रसंघ र हल्ट इन्टरनेशनल बिजनेस स्कुलसँग साझेदारीमा आयोजना हुने यस प्रतियोगिताको पहिलो चरण अन–क्याम्पस कार्यक्रम हो।

आइओइ पुल्चोकको अन–क्याम्पस प्रोग्राम नेपालकै उत्कृष्ट संस्करणमध्ये पर्छ, जसले सन् २०२३ मा ‘सेन्ट्रल साउथ एशिया प्रोग्राम अफ द इयर’ अवार्डसमेत हात पारेको थियो।

हिमा अस अफसोर शिक्षा परामर्शका क्षेत्रमा स्थापित नाम हो, जसले उच्च शिक्षाका अवसरहरूको खोजीमा रहेका विद्यार्थीहरूलाई काउन्सेलिङदेखि एप्लिकेसन, भिसा र स्कलरसिप प्रक्रियासम्म समग्र मार्गदर्शन प्रदान गर्दै आएको छ।