कीवर्डहरू -

आईसीटी अवार्डको ग्राण्ड फिनालेमा प्रत्यक्ष सहभागी हुन चाहनुहुन्छ ? यसरी काट्नुहोस् टिकट

आईसीटी अवार्डको ग्राण्ड फिनालेमा प्रत्यक्ष सहभागी हुन चाहनुहुन्छ ? यसरी काट्नुहोस् टिकट

शुक्रबार अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले हुँदैछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको उत्सवको रूपमा द सोल्टी काठमाडौंमा आयोजना हुने आईसीटी अवार्ड १४ विधामा वितरण गरिने छ । 

अवार्ड वितरण हुने विधाहरुमा स्टार्टअप तथा इन्नोभेसनतर्फ इनड्राइभ स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड रहेका छन । व्यक्तिगत अवार्ड विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, पायोनियर र एनसेल वुमन आईकन आइसिटी अवार्ड रहेका छन ।

संस्थागत र कर्पोरेट अवार्ड विधाहरुमा डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन । साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड अन्तर्राष्ट्रिय अवार्ड विधाको रुपमा समावेश गरिएको छ ।

यदी तपाई पनि सूचना प्रविधि क्षेत्रको उत्सवको रूपमा आयोजना हुने आईसीटी अवार्डको ग्राण्ड फिनालेमा प्रत्यक्ष सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी टिकट खरिद गर्न सक्नुहुनेछ । 

यस बाहेक आईसीटी अवार्डको ग्राण्ड फिनाले कान्तिपुर टेलिभिजन एचडी, हाम्रो पात्रो, आइसिटी अवार्डको फेसबुक पेज तथा युट्युब च्यानल लगायका माध्यमबाट प्रत्यक्ष प्रसारण समेत हुनेछ । 

शुक्रवार आयोजना हुने ग्राण्ड फिनाले कार्यक्रममा नेपाल सरकारको तर्फबाट विशिष्ट व्यत्तिहरु, सम्माननिय र माननियज्यूहरुको उपस्थिती हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा सहभागी हुन अन्तराष्ट्रिय मोविलिटी कम्पनी इनड्राइभ र दक्षिण एसियाली देशहरुबाट दर्जनबढि स्टार्टअप र विज्ञहरु नेपाल आउनेछन । कार्यक्रममा प्रमोद खरेल लगायतको म्युजिक पर्फमेन्स पनि रहेको आयोजकले जानकारी दिएको छ ।

अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ, न्यास आईटी लगायतको सहकार्य रहेको छ ।

यस्तै कार्यक्रमको डिजिटल पेमेन्ट पार्टनरमा नेपाल पे, भोटिङ पार्टनरमा हाम्रो पे, एजुकेसन पार्टनरमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, साइबर सेक्युरिटी पार्टनरमा बगभी, नलेज पार्टनरमा ग्लोवल कलेज, एडटेक पार्टनरमा वेद, ब्रोडकास्टिङ पार्टरनमा कान्तिपुर टिभी, अपस्किलिङ पार्टनरमा मेन्टरल्याब, इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट लगायतको सहकार्य रहेको छ ।