आइसिटी अवार्ड २०२४ को ग्राण्ड जुरी सेसन सम्पन्न भएको छ । शनिबार काठमाडौंको आनन्द इभेन्ट्स एण्ड मिटिङमा ग्राण्ड जुरी सेसन सम्पन्न भएको हो ।
मंसिर १ गते शनिबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म निरन्तर ग्राण्ड जुरी सेसन सञ्चालन भएको थियो । उक्त सेसनमा आइसिटी अवार्ड २०२४ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसनका सेमिफाइनलिष्टहरूले आफ्नो प्रस्तुति दिएका थिए ।
ग्राण्ड जुरी सेसनमा सेमिफाइनलिष्टहरू विज्ञ जुरी समक्ष आफ्नो प्रस्तुति दिदै स्पीड डेटिङमा सहभागी भएका थिए । ग्राण्ड जुरी सेसनमा पछि अब केही दिनमै अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धी सार्वजनिक गरिने छ ।
ग्राण्ड जुरी सेसन हुनुअघि आइसिटी अवार्ड २०२४ को प्रि इभेन्टको रूपमा टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट, बुटक्याम्प र मेन्टरिङ सेसन सम्पन्न भइसकेका छन् । अब यी गतिविधिहरू एपीसोडको रूपमा कान्तिपुर टिभीमा समेत प्रसारण हुनेछन् ।
सन् २०१६ देखि सुरू भएको आइसिटी अवार्ड नेपालको सबैभन्दा ठूलो टेक र प्रतिष्ठित अवार्ड हो । यस वर्ष आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा हुँदैछ, जहाँ १५ विधामा अवार्ड प्रदान गरिने छ ।