कीवर्डहरू -

आइसिटी अवार्ड: स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसल इन्नोभेसन विधामा शनिबारसम्म आवेदन दिने समय

आइसिटी अवार्ड: स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसल इन्नोभेसन विधामा शनिबारसम्म आवेदन दिने समय

स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसियल इन्नोभेसन आइसिटी अवार्ड २०२५ मा भदौ २१ गते शनिबारसम्म अनलाइन आवेदन दिन सकिने भएको छ । 

१०औं संस्करणको आइसिटी अवार्डमा क्याटोगोरी एमा आवेदन दिने अन्तिम समय यही शनिबारसम्म छ । यी विधामा आइसिटी अवार्डमा आवेदन दिन सुरूमा ictaward.org मा जानुहोस् वा सिधैं यहाँ क्लिक गर्नुहोस् । त्यसपछि रजिष्टरमा क्लिक गरेर अकाउन्ट बनाउनुहोस् । यदी तपाईले यसअघि नै अकाउन्ट बनाउनु भएको छ भने सिधैं लगइन गर्न सक्नुहुनेछ । 

अकाउन्ट बनाएपछि युजरनेम र पासवर्ड राखेर लगइन गर्नुहोस् । त्यसपछि क्याटोगोरी अनुसार विभिन्न विधामा आवेदन दिन सकिने छ ।

आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रको सबैभन्दा ठूलो अवार्डको रहेकाले तपाईहरूको स्टार्टअप, प्रडक्ट वा इन्नोभेसन शोकेस गर्ने एउटा उपयुक्त माध्यम बन्न सक्ने छ । यसले तपाईको क्षमतालाई राष्ट्रिय मञ्चलमा देखाउने मात्र नभएर लगानी, मेन्टरसीप, साझेदारी र बजारीकरणका लागि समेत सहयोग गर्नेछ । 

क्याटोगोरी एमा आवेदन दिने समय यही शनिबारसम्म भएपनि क्योटोगोरी बी र सीमा भदौ ३० गतेसम्म तथा क्याटोगोरी डीमा असोज २९ गतेसम्म अनलाइन आवेदन दिन सकिने छ ।