कीवर्डहरू -

आईओईमा दूरसञ्चार प्राधिकरणको आईसीटी एक्सिलेन्स सेन्टर स्थापना

आईओईमा दूरसञ्चार प्राधिकरणको आईसीटी एक्सिलेन्स सेन्टर स्थापना

नेपाल दूरसञ्चार प्राधिकरणले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा आईसीटी एक्सिलेन्स सेन्टर स्थापना गरेको छ । 

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आईओईमा आयोजित एक कार्यक्रमकाबीच आईसीटी एक्सिलेन्स सेन्टरको उद्घाटन गरेकी हुन् । 

डिजिटल प्रविधिको प्रयोग र विस्तार बढ्दा जाँदा त्यस बारे वृहत अध्ययन अनुसन्धान गर्न आईओईमा ‘एनटीए सेन्टर अफ एक्सिलेन्स फर आईसीटी रिसर्च एण्ड डेभलपमेन्ट’ स्थापना गरिएको छ ।

यस सेन्टरबाट पछिल्लो समय आएका एआई, ब्लकचेन, साइबर सुरक्षा लगायतका नयाँ नयाँ प्रविधिमा अध्ययन अनुसन्धान र जोखिम न्यूनिकरण गर्न काम हुने बताइएको छ । 

सेन्टरबाट इन्क्युबेसन सेवा समेत प्रदान हुनेछ भने नेपाली मोटा सुहाउँदो सूचना तथा सञ्चार प्रविधिको अध्ययन अनुसन्धान समेत हुनेछ ।