आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउडेसनको संयुक्त सहकार्यमा बागमती प्रदेशको दोलखामा आइसिटी ज्ञान कार्यक्रम सम्पन्न भएको छ ।
जेठ ३० गते शुक्रबार दोलखाको भिमेश्वर नगरपालिकामा डिजिटल साक्षरतामुलक कार्यक्रम आइसिटी ज्ञान सञ्चालन भएको हो ।
कार्यक्रममा ४५० बढीको सहभागीता रहेको थियो । भिमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सुरू भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख, पत्रकार महासंघ, क्यान महासंघ दोलखा, स्थानीय शिक्षक, जनप्रतिनिधि, र लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आईटी करियर र साइबर सुरक्षामा हेमपाल श्रेष्ठ, नागरिक एप र डिजिटल सार्वजनिक सेवामा प्रविण चौहान, डिजिटल सेवामा रेशम भण्डारी, एआई र नयाँ प्रविधिमा हरिराम रिमाल तथा डिजिटल ट्रान्सफर्मेसन र आइसिटीको भविष्य बारे राजन लम्सालले प्रस्तुती दिएका थिए ।
प्रविधिको विकास र विस्तारसँगै डिजिटल साक्षरतामा देखिएको खाडँललाई कम गर्न एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आइसिटी ज्ञान सुरू गरिएको थियो ।
आइसिटी ज्ञान कार्यक्रमले डिजिटल समावेशीता र प्रविधिमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।