कीवर्डहरू -

भिरिञ्ची कलेजमा आइसिटी मेला सुरू, के के छन् आकर्षण ?

भिरिञ्ची कलेजमा आइसिटी मेला सुरू, के के छन् आकर्षण ?

मंसिर २० गते बिहीबारदेखि ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा आइसिटी मेला सुरू भएको छ । मंसिर २२ गते शनिबारसम्म सञ्चालन हुने पाँचौं संस्करणको आइसिटी मेला निःशुल्क अवलोकन गर्न सकिने छ ।  

मेलामा ब्याचलरमा अध्ययनरत विद्यार्थीले बनाएका मानिसको दैनिक जीवनलाई सहज बनाउने खालका आईओटी, रोबोटिक्स, एआईमा आधारित फ्लड वार्निङ सिस्टम, अक्वा बट, जार्भिस च्याटबट, पेट फिडर, सोलार ट्रयाकर, स्मार्ट होम, ग्रीन हाउस लगायत प्रोजेक्टहरू प्रदर्शनीमा छन् । 

यस बाहेक मेलामा रोबो र्‍याम्प रेस, रोबो सकर, स्क्विड गेम, ई-स्पोर्ट्स टुर्नामेन्ट लगायतका समेत भइरहेका छन् । 

साथै मेलामा आउने अवलोकनकर्तालाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । भिरिञ्ची कलेजले विगत ५ वर्षदेखि आइसिटी मेला आयोजना गर्दै आएको छ ।